नेकपाद्वारा एमसीसी कुनै हालतमा कार्यन्वयन हुन नदिने उद्घोष

२०८२ श्रावण ३१ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी नेपाल र नेपालीका निम्ति घातक रहेको भन्दै कुनै हालतमा कार्यन्वयन हुन नदिने उदघोष गरेको छ। सो पार्टीले शुक्रबार एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्दै सो उदघोष गरेको हो।
यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित बिरोध प्रदर्शन प्रदर्शन गरेको छ । उक्त बिरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका पोलिटब्यूरो सदस्य तथा काठमाडौँ उपत्यका इन्चार्ज माइला सीले एमसीसी देशको हित बिपरित रहेको जान्दाजान्दै ससद्वादी राजनीतिक दलहरुले दवावका आधारमा अघि बढाएको ठोकुवा गरे ।mउनले नेपालमा स्थगीत भइसकेको एमसीसी परियोजना पुनः सक्रिय गरेको भन्दै यो कुनै हालतमा कार्यान्वयन हुन नदिने उदघोष गरे ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी दाङले एमसीसी परियोजना पुनः सक्रिय बनाउने षड्यन्त्रको बिरोध गरेको छ । सो पार्टीद्वारा आयोजित बिरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले अमेरिकाले ललिपप देखाएर नेपालको सामरिक महत्वको भूगोल कब्जा गर्न एमसीसी लाद्न खोजेको बताउदै भने- ‘अमेरिका र नेपालका दलालहरुले यो परियोजनालाई विकासे नाम दिएका छन् । तर यो नेपाली दलाल सत्ताका मतियारलाई देखाइएको ललिपप हो । यो भित्र अमेरिकाको सैन्य रणनीति छ । एमसीसी सम्झौता मुलुकको सार्वभौम सत्ता र स्वाधीनताको विरुद्ध छ । नेपालको संविधान भन्दा माथि रहने परियोजनाका विरुद्ध हामि लडिरहन्छौँ । एमसीसी परियोजनालाई संविधानभन्दा माथि राखेर लागु गर्न खोज्नु यो देशका दलालहरु र अमेरिकी साम्राज्यवादका लागि अभिसाप हुनेछ , देशभक्त नेपालीहरु चुपचाप सहेर बस्नेवाला छैनन् ।’
नेता सविन सीले अमेरिकी अत्याधुनिक हतियारको डर , धम्कीमा स्वाभिमानी नेपाली जनता अमेरिकाको दास नबन्ने बताउदै अमेरिका र त्यसको प्रतिक्रियावादी सत्ताले जबर्जस्त एमसीसी लाद्न खोजे जनताले आफुसंग जे छ त्यसैलाई हतियार बनाएर लड्ने उदघोष गरे ।
एक अर्को प्रसंगमा नेता सविनले किसानलाइ सहज ढंगले रासायनिक मल उपलब्ध गराउन सरकारसंग माग गरे। उनले कालोबजारी र बिचौलियाले मलको कृतिम अभाव सिर्जना गरेर सेटिङमा मल वितरण भइरहेको पार्टीलाई सुचना आएकाले सम्बन्धित पक्ष जिम्मेवार नबने कारबाही गर्ने चेतावनी समेत दिए ।
कार्यक्रममा नेकपा जिन्दावाद , एमसीसी परियोजना खारेज गर , एकीकृत जनक्रान्ति जिन्दावाद , दलाल पुजीवाद मुर्दावाद , अमेरिकि हस्तक्षेप बन्द गर , रिजेक्ट एमसीसी , गो ब्याक अमेरिका , नेपाली विशेषताको समाजवाद जिन्दावाद लगाएतका नाराहरु लगाइएको थियो ।
कोणसभाको सहजीकरण पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले गरेका थिए ।
एमसीसी सम्झौता कति राष्ट्रघाती छ भन्ने कुरा ‘एमसीसी सम्झौता र नेपालको कानुन बाझिएमा एमसीसी सम्झौताको प्रावधान लागू हुने, अमेरिकाको विद्यमान र पछि बन्ने कानुनहरू एमसीसी परियोजनामा लागू हुने, एमसीसीसँग सम्बन्धित अधिकारीहरूका गतिविधिहरू र त्यसबाट उत्पन्न हुने विवादहरू अमेरिकामा मात्र कानुनी पुर्पक्षमा जाने, नेपाल सरकारले एमसीसी परियोजना सञ्चालन गर्न एमसीए– नेपाल गठन गर्ने जुन आपैmँ निर्णय गर्न स्वतन्त्र हुने, एमसीसीमा हुने रोजगारहरूबारे नेपालको कानुन नलाग्ने, एमसीसी परियोजनाको लेखापरीक्षण नेपालले गर्न नपाउने र एमसीसी परियोजनाअन्तर्गत निर्माण र प्राप्त हुने बौद्धिक सम्पत्तिमा सम्पूर्णरुपमा अमेरिकाको हक कायम हुने’ जस्ता प्रावधानले पुष्टि गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]