नेपालमा नयाँ आन्दोलन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालमा नयाँ आन्दोलन जरुरी भएको ठोकुवा गरेका छन्। अखिल (समाजवादी) र युवा संगठन नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित समाजवादका लागि नयाँ पुस्ता बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।
उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको बताए। उनले देशको वर्तमान संकटको निकास समाजवाद भन्दा अर्को विकल्प नभएको उल्लेख गर्दै समाजवादी व्यवस्थाका लागि धुव्रीकरण अनिवार्य भएको बताए ।

महासचिव विप्लव सीले नेपालमा जनतासंग मेल खाने समाजवाद चाहिने बताउदै त्यसैको निम्ति नेकपाले नेपाली विशेषताको समाजवादको नीति अगाडि सारेको बताए। उनले पुराना नेताको योगदानको कदर गर्दै आफुले कम्युनिस्ट आन्दोलन अगाडि बढाउँन चाहेको बताए।
