नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का सम्मानित नेता खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आइतबार बिहान खनाल निवास डल्लुमा भएको उक्त भेटवार्तामा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
उक्त भेटवार्तामा देशको स्थिति एकपछि अर्को खराब भन्दा खराब स्थितिमा पुगेको, राजनीतिक , आर्थिक, सांसकृतिक र जाजिविकालगायत राष्ट्रको स्वाधिनता र नेपाली जनताको सार्वभौमिकता गम्भीर संकटमा पुगेको बिषयमा गभिर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको आवश्यकता र महत्व , समाजवादी क्रान्ति र क्रान्तिकारीहरुबिचको एकता , साम्राज्यावाद र दलाल पुँजीवादको बिरुद्धको संघर्षमा संयुक्त मोर्चा र सहकार्य बारे गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा एमसीसी पुन: सक्रिय गर्नु राष्ट्रिय र जनमुक्तिको बिरुद्ध भयङ्कर घातक भएको बिषयमा छलफल भएको बताइएको छ । नेपालमाथि अमेरिकी साम्राज्यवादको बर्चश्व कायम राख्न र नेपालमा अमेरिकी सैन्य अखडा खडा गर्न एमसीसी पुन: सक्रिय पारिएको , २१ औं शताब्दीको बहुध्रुबिय विश्वमा आफ्ना बिरोधिबिरुद्धको अमेरिकी परियोजना भएको र जसलाई लागु गर्ने थलो नेपाललाई बनाइएको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी नेपालमा एकीकृत जनक्रान्ति र समाजवाद स्थापनाबिरुद्धको परियोजना भएकोले यसका बिरुद्ध गत साउन ३० गते नेकपाले गरेको बिरोध कार्यक्रमको प्रशंसा गरेको बतैएको छ । यसैगरी, दुई नेताबीच एमसीसीबिरुद्ध संयुक्त संघर्ष गर्ने बिषयमा छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा माओबादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच एकताको बिषयमा संचार माध्यममा भइ रहेका चर्चाका बिषयमा समेत छलफल भएको बताइएको छ।
समग्रमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीचको भेटवार्ता महत्वपूर्ण र सकारात्मक रहेको बताइएको छ ।