नेकपा स्थायी समितिको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अपरान्ह सम्पन्न भएको बैठकले केन्द्रीय समिति बैठकका एजेण्डाहरु तय गरेको बताइएको छ ।
सो पार्टीको स्थायी समिति बैठक समपन्न भए पश्चात आजदेखि पोलिटब्युरो बैठक बस्दैछ । बैठकले आगामी भदौ २२ गतेदेखि बस्न लागेको केन्द्रीय समिति बैठकका प्रस्ताव र व्यवस्थापनको विषयमा योजना निर्माण गर्ने बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिको बैठक भदौ ३० गतेदेखि बस्ने बताइएको छ ।