जेनजी पुस्ताको आन्दोलनमाथि सरकारी दमन बन्द गर

२०८२ भाद्र २३ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जेनजीको आन्दोलनमाथि सरकारी दमन रोक्न माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले एक विज्ञप्ती जारी गर्दै सो माग गरेका हुन्। महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा जेनजीको आन्दोलनको बिषयमा सरकारले आन्दोलनरत पक्ष र राजनितिक पार्टीसंग कुनै छलफल नै नगरी आन्दोलनमाथि ब्यापक दमन गर्नु निन्दनीय भएको बताउंदै जेनजीमाथिको दमन रोक्न माग गरिएको छ ।
बिज्ञप्तिमा सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध फुकुवा गरि वार्ताद्वारा समस्या समाधान गर्न र संघर्षरत पक्षलाई संयमता नगुमाउन आग्रह गर्दै घटनाको सत्यतथ्य छानविन गर दोषीमाथि कारवाही गर्न समेत सरकारसँग जोडदार माग गरिएको छ ।
महासचिव विप्लावा सीद्वारा जारी विज्ञप्तीमा भनिएको छ -” आजदेखि शुरु भएको नयाँ पुस्ताको आन्दोलन (जेन जी संघर्ष) को विषयमा सरकारले संघर्षरत पक्ष र राजनीतिक पार्टीहरुसँग कुनै छलफल गरेको छैन । अर्कोतर्फ ब्यापक दमन गरेको छ । त्यसप्रकारको अवस्थाप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी सरकारलाई सामाजिक सञ्जालमाथिको अवरोध रोक्न र वार्ताद्वारा समस्या समाधान गर्न, दमन बन्द गर्न अनुरोध गर्दछ । संघर्षरत पक्षलाई संयमता नगुमाउन र घटनाको सत्यतथ्य छानविन गर दोषीमाथि कारवाही गर्न समेत सरकारसँग माग गर्दछ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु