‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको छ’

२०८२ भाद्र २५ गते, बुधबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सरकार विघटन भइसकेको अवस्थामा आन्दोलनरत जेनजीलाई संयम रहन आग्रह गरेका छन् । महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् । उनले आन्दोलनरत जनता बाटनै नेतृत्व दिनेगरी सोच्नुपर्ने बताएका छन् ।
महासचिव विप्लव सीले मंगलबार भिडियो सन्देश मार्फत भनेका छन – ‘जेनजी विद्रोहले नेपाललाई ऐतिहासिक परिवर्तनको संघारमा पुर्‍याएको छ । दुई दशकको बेथिति, भ्रष्टाचार, लुटपाट, असमानता, दलालीले यो परिणाम ल्याउन अनिवार्य थियो । भ्रष्ट नेता, दल, सरकारले सजाय भोग्नै पर्ने थियो’, उनले भनेका छन्, ‘सरकार विघटन भइसकेको अवस्थामा जेनजीले संयमतापूर्वक सम्वादमा भाग लिनोस् । अब देशलाई संसदभित्रबाट होइन आन्दोलनरत जनताको बिचबाट नेतृत्व दिन सोच्नुपर्दछ । यो काम पनि नयाँ पुस्ताबाट नै गर्ने हो ।’

प्रतिक्रियाहरु

[anycomment]