‘देशले अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरेहेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशले अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरेहेको बताएका छन् । महासचिव विप्लव सीले बुधबार एक भिडियो सन्देशमार्फत सो आग्रह गरेका हुन् ।
महासचिव विप्लव सीले देशलाई संसद भित्रबाट नभई आन्दोलन र जनताको बीचबाट नेतृत्व दिन सोच्नु पर्ने बताएका छन।
महासचिव विप्लव सीको भिडियो सन्देशमा भनिएको छ – ‘ देशले अग्रगामी निकासलाई अधैर्यतापूर्वक प्रतीक्षा गरिरेहेकोछ।राज्यको नया नेतृत्व वारे जुन घेरा भित्रबाट सोचिदैछ के त्यतिले मात्र भ्रष्टाचार विरोधी संघर्ष र देशको स्वाधीनताको धारालाई समेट्नसक्छ?हाम्रो गम्भिर सरोकार छ कि नेकपाले १२ वर्षदेखि चलाएका भ्रष्टाचार ,तष्करी, दलाली ,विभेद विरोधी संघर्ष , गरेका बलिदान र दुख:कष्ट प्रती नेपालका राजनीतिक नेता कार्यकर्ता ,जनता, बुद्धिजीवी ,नागरिक समाज र सबैलाई राम्रो जानकारी छ।
जेन- जीका चाहनालाई मुख्य बनाउदै संवध्द पक्षले यसवारे सोच्न हाम्रो विशेष आग्रह छ । ‘