बृहत कम्युनिस्ट केन्द्र निर्माण जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य चीरन सी ले कम्युनिस्टहरुको बीच बृहत कम्युनिस्ट केन्द्र निर्माण जरुरी भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी काभ्रेद्वारा बुधबार आयोजित “वर्तमान परिस्थिति र हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन ।
नेता चीरन सीले भने- ‘आज देश निकै विषम परिस्थितिमा छ । बिदेशी शक्तिहरुको चलखेल बढ्दो छ । यो परिस्थिति आउनुमा मुख्य कमजोरी नेपालको दलाल पुँजीवादी राज्यसत्ता छ । जेन जी पुस्ताले जुन माग राखेर आन्दोलन गरे त्यो सहि नै थियो तर उक्त आन्दोलन आज अपहरणमा परेको छ । यस्तो परिवेशमा सबै गणतन्त्रवादी शक्तिहरु एकताबद्ध हुनु आबश्यक छ । कम्युनिस्टहरुको बीच बृहत कम्युनिस्ट केन्द्र निर्माण हुनु पर्छ । आगामी दिनमा झनै पेचिलो समयको सामना गर्न एकतावाद्ध हुनु आबश्यक छ ।’
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला सयोजक भोला अर्याल, नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, नेपाली काङ्ग्रेस जिल्ला उपसभापति – रमेश हुमागाई, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य प्रकाश रोका, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का जिल्ला सचिवालय सदस्य प्रदीप अस्तानी, गैर सहकारी सस्था काभ्रेका जिल्ला अध्यक्ष गङ्गा दोङ्गले आ आफ्नो बिचार राखेका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज बिन्दु सी र संचालन जिल्ला सेक्रेटरी जितबहादुर सी ले गरेका थिए । उक्त कार्यक्रममा नेकपा केन्द्रिय सल्लाहकार सिद्धीबहादुर सी, केन्द्रीय सदस्यहरु प्रेरक सी, प्रताप सी, मिना सी, केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु सुरेन्द्र सी, परिभाषा सी, राजेन्द्र सी समेतको उपस्थिति रहेको थियो ।