जेन जीको बिद्रोह संविधान र संसदीय व्यवस्थाको असफलताको परिणाम

२०८२ आश्विन ९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले जेन जीको बिद्रोह बिद्रोह संविधान र संसदीय व्यवस्थाको असफलताको परिणाम भएको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी काठमाडौद्वारा बुधबार आयोजित `जेन जी बिद्रोह र राजनीतिक निकासको प्रश्न´ बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले वार्तामा समस्याको निकास अहिलेको संविधान र समसदभित्रबाट हुन नसक्ने ठोकुवा गर्दै भदौ २३ र २४ को जेनजी बिद्रोह अन्ततः संसदीय व्यवस्था र संविधानको नै असफलताको परिणाम भएको बताए। उनले सरकार मात्रै फेरबदल गरेर वर्तमान समस्याको समाधान हुन् नसक्ने उल्लेख गर्दै सत्ताको पुनर्संरचना र संविधानको पुनर्लेखनबिना बिद्रोहको म्याण्डेट पुरा हुन नसक्ने बताए । उनले भने- ‘जेनजी बिद्रोह भ्रष्टाचार र कुशासन विरुद्ध जनतको आक्रोश हो यदि उक्त कुरालाई समाधान गर्ने हो भने भ्रष्टाचार जन्माउने राजकीय संरचनाहरु नै बदल्नु पर्छ र संविधान पुनर्लेखन गर्नु पर्छ अन्यथा प्रतिक्रान्ति र बिदेशी षड्यन्त्र हाबी हुनेछ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक संकट समाधानको लागि क्रान्तिकारी, परिवर्तनकारी र आन्दोलनकारी राजनीतिक शक्तिको संयुक्त सरकार बनाउनु पर्ने र उक्त सरकारमार्फत जेनजी बिद्रोहलगायत बिगतका आन्दोलनका अपेक्षा पुरा गर्न काम गर्नुपर्ने बताए ।
उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र राज्यको पुनर्संरचना गरेर देशलाई अग्रगामी निकास दिनुपर्ने बताउदै भने – ‘ कम्युनिस्ट आन्दोलन आफ्नो आन्तरिक कारणले नै कमजोर भएकोले आन्दोलनलाई फेरिएको परिस्थिति र जनताको मागबमोजिम पुनर्गठन गर्नु अनिवार्य भएको छ । साम्राज्यवादी शक्तिहरु नेपालको कम्युनिस्ट आन्दोलन कमजोर पार्न सक्रिय छन् ।कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति विरुद्धको षड्यन्त्रको एउटा उदाहरण हालै जेनजी आन्दोलनमा भएको घुसपैठ, विध्वंस र त्यसपछि सरकार निर्माण प्रक्रियामा देखिएको बाह्य पहल हेर्दा पनि हामी कहाँ छौं स्पस्ट देख्न सकिन्छ। त्यसैले अब जति छिटो हामी आफ्ना कमजोरी सच्याएर अगाडि बढ्छौ ,त्यति नै देशले निकास पाउँछ अन्यथा कम्युनिस्ट पार्टीहरुको भबिष्य समेत खतरामा पर्न सक्छ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले कम्युनिस्ट आन्दोलन भित्र र सरकारमा पुगेका कम्युनिस्ट पार्टी र नेताहरुका कमजोरीका कारण केहि समस्या थपिएको भएपनि कम्युनिस्ट पार्टी र समाजवादको भविस्य नै उज्ज्वल रहेको उल्लेख गर्दै सबै कम्युनिस्ट पार्टीहरुले अब नयाँ ढङ्गले सोच्नु पर्ने बेला आएको बताए । उनले साम्राज्यवादीको आक्रमणबाट कम्युनिस्ट आन्दोलन रक्षा गर्न जरुरी रहेको बताउदै नेकपाले बिचार मिल्ने पार्टीसङ्ग एकता र तत्काल एकता संभव नभए पुनर्गठनको उदेश्य सहित कार्यगत एकता वा मोर्चा निर्माणका लागि बार्ता टोलि समेत बनाएर छलफल अगाडि बढाउने निर्णय गरेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु