नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक असोज २६ र २७ गते

२०८२ आश्विन २१ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । जेनजी विद्रोह पछि बिकसित राजनीतिक अवस्थाको विश्लेषण र योजनाको तर्जुमा गर्न बैठक बस्न लागेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि गठित वार्ता टोलीका प्रमुख प्रकाण्ड सीले जेन जी आन्दोलन पछि बिकसित नयाँ परिस्थिति र यसले माग गरेको योजना र कार्यक्रम तय गर्न केन्द्रीय समितिको बैठक डाकिएको बताए।
प्रवक्ता प्रकाण्ड सीका अनुसार असोज २५ गते स्थायी समितिको बैठक बस्नेछ भने असोज २६ र २७ गते केन्द्रीय समितिको बैठक बस्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु