देशलाई निकास दिन सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य

२०८२ कार्तिक १० गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशलाई निकास दिनका लागि सर्वपक्षीय अन्तरिम सरकार अनिबार्य भएको  बताएका छन् ।  क्षेप्यास्त्र साप्ताहिकलाई  १९ औँ बर्षमा प्रवेश गरेको अवसरमा दिएको शुभकामना सन्देशमार्फत  उनले सो कुरा बताएका हुन्। 

महासचिव विप्लव सीले उक्त शुभकामना सन्देशमार्फत भनेका छन – ‘यो सदीको मौलिक विशेषतामा सूचनासंचारमा आएको क्रान्ति हो । सूचनासंचारले व्यक्ति, समाज, व्यापार, राजनीति, सत्ता सारालाई आफ्नो पकडमा राखेको छ । मान्छेको जीवन यसरी संचारमय बनेको छकि उसले सबै पचाउँन सक्छ तर सूचनाबाट अलग बस्न सक्दैन ।

सत्ता र शासकले सूचनासंचारको प्रभावलाई बुझ्न नसक्दानै अकल्पनीय परिणाम भोग्नु परेको छ । हालै नेपालमा केपी ओली सरकार अपदस्त हुनुमा उसले सामाजिक सञ्जालको प्रभावलाई बुझ्न नसक्नुृ मुख्य देखियो । पुराना भनिने पार्टी र नयाँ पुस्ताबीचको अन्तरविरोध पनि यसैमा छ ।

नेपालाको राष्ट्रिय स्वाधीनता विश्व भूराजनीतिको सर्वाधिक चपेटामा परेको छ । जनताका अधिकारहरु जोखिममा परेका छन् । सुशीला  कार्कीको कथित अन्तरिम सरकार जनता माझ असफल बन्दै गएको छ । यो वेला देशभक्त, वामपन्थी, समाजवादी, कम्युनिस्ट शक्तिहरुका बीचमा नयाँ मोर्चाबन्दि, सहकार्य र अग्रगामी परिवर्तन जरुरी बनेको छ । हाम्रो पार्टीको धारणा छकि देशलाई निकास दिनका लागि सर्वपक्षीय अन्तरिम सरकार, संविधानको संशोधन, पुनरलेखन, अग्राधीकारसहितको समाजवादी संघीयता, प्रत्यक्ष कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आदि आवश्यक छन् । यो कार्यका लागि पनि सूचना संचारको भूमिका अग्रस्थानमा रहन्छ । ‘

प्रतिक्रियाहरु

[anycomment]