नयाँ कम्युनिष्ट केन्द्र निर्माण अनिवार्य

२०८२ मंसिर १ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नयाँ कम्युनिष्ट केन्द्र निर्माण गर्नुको विकल्प नभएको ठोकुवा गरेका छन् । उनले नेपलको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकता र राष्ट्रको स्वाधिनतामाथि साम्राज्यवादी नाङ्गो हस्तक्षेप एवं दलाल पूँजीवादका विरुद्धको संघर्षका मोर्चाको वर्तमान आवश्यकतालाई आधार बनाएर नयाँ कम्युनिष्ट केन्द्र निर्माणको नीति अगाडी सारिएको र यो नयाँ विचार भएको बताए ।

 प्रवक्ता प्रकाण्ड सीले नयाँ कम्युनिष्ट केन्द्र नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ शुद्धिकरण एवं एकीकरणको विचार भएको बताउदै यो नेपाली कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रुपान्तरण क्रान्तिकारी आन्दोलनसमेत भएको बताए । उनले  क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट खराब तत्वहरुको वहिर्गमन र कम्युनिष्ट आन्दोलन भित्र भएका क्रान्तिकारी नेता एवं कार्यकर्ताहरुको प्रविष्ट निरन्तर भइरहने बताउँदै नेपाली समाजको रुपान्तरण ऐतिहासिक पहलकदमी लिइराखेको नेकपाको जीवनमा लागू भएको शुद्धिकरणको नियमको रुपमा क्रान्तिकारीहरुको आगमन र अवसरवादीहरुको पलायनलाई बुझ्नुपर्ने समेत बताए ।

यसैगरी, प्रवक्ता प्रवक्ता प्रकाण्ड सी देशको संकटग्रस्त अवस्थाको जिम्मेवार तत्व दलाल पूँजीपति वर्ग, दलाल संसदीय राज्य व्यवस्था र दलाल नेतृत्व भएको ठोकुवा गरेका छन् । उनले भने– विगतमा नेपाली जनताले गरेको संघर्ष, ११ वर्षदेखि चलाएको एकीकृत जनक्रान्ति र वर्तमान जेन–जी विद्रोह उपरोक्त समस्याको अन्त्य गर्नका निम्ति हो । यसर्थ दलाल पूँजीवादी संसदीय राज्य व्यवस्था र दलाल एवं भ्रष्ट नेतृत्वको पुर्नसंरचना नै जनसंघर्ष, जनक्रान्ति एवं जेन–जी विद्रोहको उद्देश्य एवं आम जनचाहना हो । देश र जनताका अगाडीका डरलाग्दा समस्याको एकमात्र सर्वस्वीकार्य समाधान भनेको राज्यको अग्रगामी पुर्नसंरचना नै हो । देशको स्वाधिनता र नेपाली जनताको स्वनिर्णयको अधिकारलाई स्थापित गर्ने अग्रगामी वा क्रान्तिकारी राजनीतिक मार्गचित्र भनेको नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो । यो लक्षमा देशलाई पु¥याउनका निम्ति परिपुरक अन्तरिम राजनीतिक कार्यक्रम आवश्यक छ । यसको परिपूर्ति गर्न जेन–जी विद्रोह पछि पार्टीले तेस्रो विशेष वैठकबाट सुशीला कार्कीको नेतृत्वको कथित अन्तरिम सरकारको राजीनामा र सर्वपक्षीय स्वच्छ राजनीतिक व्यक्तित्वको नेतृत्वमा अन्तरिम सरकारको गठन, राज्यको पुर्नसंरचना, संविधानको पुर्नलेखन वा नयाँ लेखन, नयाँ जनादेश लिन साम्राज्यवादी हस्तक्षेप रहित नेपाली जनताले स्वनिर्णयको राजनीतिक अधिकारको निर्विवाद प्रयोग गर्न पाउने आम निर्वाचन, आवश्यकताको सिद्धान्त आकर्षित गरी अन्तरिम कार्यका निम्ति नीति, कानुन र विधिको निर्माण, अर्थतन्त्रलाई भ्रष्टाचारको चंगुलबाट मुक्त गर्नका निम्ति भ्रष्टाचारीलाई कारवाही गर्न स्वच्छ छवि भएका विज्ञ सम्मिलित भ्रष्टाचार छानविन आयोगको गठन भ्रष्टाचारीलाई सर्वश्व जफत सहित आजीवन जेल सजाय दिन विशेष अदालतको गठन, देशभित्र रोजगारी सिर्जना गरी विदेशीन वाध्य लाखौँ युवालाई स्वदेश फिर्ता, जनताको आवास, शिक्षा, स्वास्थ्यको राज्यद्धारा निशुल्क व्यवस्था, देशको अर्थव्यवस्था माथी साम्राज्यवादी निगम पूँजीको हस्तक्षेप बढाउने संयन्त्रको काम गर्ने आइएनजिओलाई प्रतिवन्द र नेपाली जनताको धार्मिक स्वतन्त्रताको रक्षा गर्दै साम्राज्यवादी धर्म परिवर्तन र धार्मिक अतिक्रमणमा प्रतिवन्धलगायतका राजनीतिक कार्यक्रम अगाडी सारेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु