‘सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गरौँ ‘
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले सरकारको दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आमजनतालाई विशेष अपिल गरेका छन्। उनले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ मा अवस्थित कम्युन तथा सर्वसाधारण नागरिकका घरमा प्रहरीले गरेको खानतलासीको घटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै राज्यको यो दमनकारी हर्कतको घोरभर्त्सना गरेका छन् ।
प्रवक्ता प्रकाण्ड सीले बिज्ञप्तिमार्फत् सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहदैन बरु देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टी भएको ठोकुवा गर्दै सरकारको यो दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आम न्यायप्रेमी जनतालाई विशेष अपिल गर्नुका साथै मानवधिकारवादीलाई गैरकानूनी प्रहरी छापामारी एवं दमनको निष्पक्ष छानविन गर्न आग्रह समेत गरेका छन् ।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ -‘आज मिति २०८२ पस ११ गते सरकारले अर्घाखाची सितगडगा ११ मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापामारेर स्वेत आतंक मच्चाएको छ । यस आतंकपूर्ण घटनाले हामीलाई गंभीर बनाएको छ । राज्यको यो दमनकारी हर्कतको पार्टी घोर भत्र्सना गर्दछौं । सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहदैन बरु देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टी भएको छ । हामी सरकारको यो दमनकारी श्वेत आतंकको सशक्त भण्डाफोर र प्रतिरोध गर्न आम न्यायप्रेमी जनतालाई विशेष अपिल गर्दछौं । साथै मानवधिकारवादीलाई गैरकानूनी प्रहरी छापामारी एवं दमनको निष्पक्ष छानविन गर्न आग्रह गर्दछौं ।’

