नेकपा (माओवादी)द्वारा सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध संघर्षको उद्घोष
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध संघर्षको उद्घोष गरेको छ। सो पार्टीको शनिबार बिहान बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रकाण्ड सीले जानकारी दिए।
पुस ११ गते सरकारले अर्घाखाची सितगडगा ११ मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा प्रहरीले छापामारेर श्वेतआतंक मच्चाएपछि शनिबार बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को स्थायी समितिको बैठकले संघर्षका कार्यक्रमको तय गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आज पुस १२ गते सांझ देशव्यापीरुपमा मसाल जुलुस , पुस १३ गते देशब्यापीरुपमा कोणसभा , पुस १४ गते देशव्यापीरुपमा बिरोध सभा र पुस १५ गते सरकारको दमनकारी श्वेत आतंकबिरुद्ध काठमाडौँमा अन्तरक्रिया गर्ने जनाएको छ। ।
देश र जनताको पक्षमा खडा भएकै कारण बिगतमा दुई बर्षसम्म प्रतिबन्ध खेपेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने तयारी गरि रहेको समयमा निर्वाचनमा भाग लिन नदिने र पुनः द्वन्दमा धकेल्ने मनसायका साथ गरिएको प्रहरी अपरेशन आफैमा निन्दनीय छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)माथि गरिएको यो सरकारी रबैयाले सरकार आफै शान्ति सुरक्षा खल्बल्याउन चाहन्छ र चुनाव गराउन चाहदैन भन्ने पुष्टि हुन्छ । सरकारले जेन जी विद्रोहका समयमा भागेका सयौँ अपराधि र कैदीलाई नियन्त्रणमा लिन तदारुकता नदेखाउनु र जेन जी विद्रोहका समयमा लुटिएका सयौँ थान अत्याधुनिक सरकारी हात हतियारको खोजि नगर्नु र नियन्त्रणमा लिन उदासिनता देखाउनुले यो सरकार चुनाव र जेन जिको असली माग पुरा गर्नवाट पन्छिन खोजेको पुष्टि हुन्छ।
