प्रकाण्डको उम्मेदवारीले कालिकोटबासी हर्षित(भिडियोसहित)

२०८२ पुष २५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोटको विशेष बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रवक्ता प्रकाण्ड सीलाई कालिकोटबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ एकल उम्मेदवारको रुपमा सिफारिस गरेपछि कालिकोटबासी हर्षित भएका छन् । उनीहरुले सहिद परिवारका सदस्य तथा जनयुद्धका अथक योद्धा प्रकाण्डले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने भएपछि हर्षित हुँदै प्रतिक्रिया दिन थालेका छन्। कालिकोटका स्थानीयका अनुसार कालिकोटका जनताको सपना साकार पार्ने प्रकाण्ड मात्रै भएको प्रतिक्रिया दिदै उनलाई अत्यधिक मतले जिताउने प्रतिक्रिया जनाउन थालेका छन्।
हेरौं एक स्थानीयले दिएको प्रतिक्रिया :

प्रतिक्रियाहरु

[anycomment]