नेपाल कम्युनिस्ट पार्टी (माओवादी) प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा निर्वाचनमा सहभागी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा देशव्यापीरुपमा निर्वाचनमा सहभागीता जनाउने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन्।
महासचिव विप्लव सीले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्ण जिम्मेवारीवोध, सुस्पष्ट उद्देश्य र अठोटका साथ भाग लिन लागेको उल्लेख गर्दै निर्वाचनमा पार्टी स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता प्रकाण्ड सी को नेतृत्वमा देशव्यापीरुपमा सहभागी हुन् लागेको र मनोनयनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिलाई सफलताको अग्रीम एवं हार्दिक शुभकामना समेत दिएका छन् !
महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘जेनजी विद्रोहपछिको नवीन परिस्थितिमा हाम्रो पार्टी जेनजीका मुख्य मागहरु (सर्वपक्षीय अन्तरिम सरकार, भ्रष्टाचारीलाई कार्यवाही, उच्चस्तरीय छानविन आयोग र न्यायलयको गठन, संविधानको पुनरलेखन, अग्राधिकारसहित समाजवादी संघीयतासहितको राज्यको पुनरसंरचनाआदि। पुरा गरेर निर्वाचनमा जानु पर्छ भन्ने पक्षमा थियो । परन्तु दलहरुको वेवास्ता, सरकारको निरीहता, विदेशी तत्वहरुको दवावका कारण ती कामहरु गरिएनन् या गर्न दिइएनन् । उल्टै हतार-हतार चुनावमा घचेटने कार्य भयो। यसप्रति हाम्रो गंभीर विरोध रहेको छ। तथापि उल्लेखित प्रस्तावहरुका पक्षमा सशक्त रुपले संसद्मा आवाज उठाउन र राज्य रुपान्तरणको सार्थक पहल गर्न पार्टी निर्वाचनमा भाग लिदै छ ।’

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीद्वारा जारी बिज्ञप्ति यस प्रकार रहेको छ – ‘यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पूर्ण जिम्मेवारीवोध, सुस्पष्ट उद्देश्य र अठोटका साथ भाग लिदै छ। निर्वाचनका लागि आज माघ ६ गते देशैभरी उम्मेदवार मनोनयन हुँदै छ। यो निर्वाचनमा हाम्रो पार्टी स्थायी समिति सदस्य एवं पार्टी प्रवक्ता कमरेड प्रकाण्ड सी को नेतृत्वमा देशव्यापी रुपमा सहभागी हुँदै छ। मनोनयनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधि कमरेडहरुलाई सफलताको अग्रीम एवं हार्दिक शुभकामना !
जेनजी विद्रोहपछिको नवीन परिस्थितिमा हाम्रो पार्टी जेनजीका मुख्य मागहरु (सर्वपक्षीय अन्तरिम सरकार, भ्रष्टाचारीलाई कार्यवाही, उच्चस्तरीय छानविन आयोग र न्यायलयको गठन, संविधानको पुनरलेखन, अग्राधिकारसहित समाजवादी संघीयतासहितको राज्यको पुनरसंरचनाआदि। पुरा गरेर निर्वाचनमा जानु पर्छ भन्ने पक्षमा थियो । परन्तु दलहरुको वेवास्ता, सरकारको निरीहता, विदेशी तत्वहरुको दवावका कारण ती कामहरु गरिएनन् या गर्न दिइएनन् । उल्टै हतार-हतार चुनावमा घचेटने कार्य भयो। यसप्रति हाम्रो गंभीर विरोध रहेको छ। तथापि उल्लेखित प्रस्तावहरुका पक्षमा सशक्त रुपले संसद्मा आवाज उठाउन र राज्य रुपान्तरणको सार्थक पहल गर्न पार्टी निर्वाचनमा भाग लिदै छ ।
हाम्रो पार्टी के हो र के गर्दै छ भन्ने कुरा १२ वर्षदेखि भ्रष्टाचार, दलाली, राष्ट्रघात, जनघातका विरुद्ध निरन्तर चलाइरहेको संघर्ष, गरिरहेको वलिदान र प्राप्त उपलव्धिहरु वारे नेपाली नागरिक स्पष्ट नै हुनुहुन्छ, साथै निर्वाचनमा पुरा साथ-सहयोग हुने छ भन्ने हाम्रो वहो विश्वास छ। हाम्रा कमरेडहरु जो मनोनयन तथा निर्वाचन प्रकृयामा पार्टी योजनाअनुरुप आज सहभागी बन्दै हुनुहुन्छ हामी सबै कमरेडहरुलाई पूर्ण जोस, जागर, उत्साह, आत्मविश्वास साथै जुझारु भावका साथ सहभागी बन्न विशेष आग्रह गर्दछौ ।’

