‘देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनु होला’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिन आग्रह गरेका छन्। नेकपा(माओवादी) कालिकोटद्वारा आयोजित चुनाबी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन्। प्रवक्ता प्रकाण्ड सीले देशको स्वाधीनताको रक्षाका लागि बास्तविक माओवादीलाई भोट दिनुको बिकल्प नभएको बताउदै भने- ‘देश विदेशीहरुको हस्तक्षेपमा छ, विदेशीको नुनपानी खानेहरु नयाँ जोगीको रुपमा चुनाबमा आएका छन्। स्वाधीनताको रक्षाका लागि यो देशमा वास्तविक माओवादी जीवित छ, यो देशको रक्षाका लागि जनतामा अपिल गर्न आएको छ, सडक र सदनबाट पनि देश बचाउने अभिायनमा यो पार्टीले लड्नेछ, यो पटक जनताले गुलाफ चिन्हमा मतदान गरेर हामीलाई जिताउनु होला ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जिल्लाका सबै तहका नेता कार्यकर्ताहरुलाई जनताको घर –घरम पुगेर यो कुरा बुझाउन आग्रह दिर्दै चुनावमा वास्तविक माओवादी र देशभक्तशक्तिहरुले जीत्ने गरेर लाग्न निर्देशन दिए । उनले यो चुनाव विगतको जस्तो संसदीय चुनाव नभएर देश बचाउने वा देश विदेशीहरुलाई दिने के गर्ने ? भन्ने अन्तीम फैसला गर्ने चुनाव भएकोले सचेत भएर अगाडि बढ्नु पर्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले कालिकोटवासी जनताले जनयुद्ध र हरेक क्रान्तिमा गरेको योगदानप्रति सम्मान व्यक्त गर्दै सहिदको सपना पुरा गर्न र समाजवादी क्रान्ति पुरा गर्न वास्तविक माओवादीलाई जिताउनुको विकल्प नभएको बताए । उनले पटक पटक चुनाव जितेर भ्रष्टाचार गर्ने, व्यक्तिगत स्वार्थमा लाग्ने नेतालाई उचित जवाफ दिन समेत कालिकोटवासी जनतालाई आग्रह गरे ।
