प्रचण्डले एकताको चर्चा गर्नु जालझेल र असफल हुइयाँ !
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनबारे आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै प्रचण्डले एकताको चर्चा गर्नु जालझेलको बासी र असफल हुइयाँ मात्र भएको बताएका छन्।
महासचिव विप्लव सीले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बुधबार आयोजित एक कार्यक्रममा एकतामा आउन आग्रह गरेकोप्रति लक्षित गर्दै सो कुरा बताएका हुन्। उनले फेसबुकमार्फत सबै कम्युनिस्ट पार्टीबीच मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता गर्ने भन्दै मालेमाओवादी पार्टीको सुदृढीकरण नै पार्टीको मूल नीति रहेको बताएका छन्।
महासचिव विप्लव सीले चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दागर्दै थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र भएको उल्लेख गर्दै लेखेका फेसबुकमा लेखेका छन – ‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो।’
महासचिव विप्लव सीले अनेकौं मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यतर्फ अघि बढिरहेको माओवादी पार्टी नै एकता, अग्रगमन र सम्भावनाको केन्द्र भएको दाबी गर्दै आगामी भविष्यले त्यसलाई प्रमाणित गर्ने विश्वास व्यक्त गरेका छन्।
यस बिषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले फेसबुकमा लेखेको धारणा यस प्रकार रहेको छ – ‘कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ – सबै कम्युनिस्ट पार्टीहरूको बीचमा मोर्चा र सहकार्य, सिद्धान्त, कार्यदशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र मालेमावादी पार्टीको सुदृढीकरण।
आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपटीएका हुतिहारा मात्र पर्छ। अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनको केन्द्र हो । आउदो भविष्यले अवस्य सावित गर्नेछ ।’

