प्रकाण्डद्वारा श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी र नेतालाई जिताउन अपिल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा कालिकोटवाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवार प्रकाण्ड सीले सहिदको सपना पुरा गर्ने प्रतिबद्धता गर्दै श्रमजीवी जनताको प्रतिनिधित्व गर्ने पार्टी र नेतालाई जिताउन अपिल गरेका छन् । विहिवार कालिकोटको खाँडाचक्र नगरपालिकाको वडा नम्वर २ थाम्कोट पुगेका प्रवक्ता प्रकाण्ड सीले स्थानीय जनता र सहिद परिवार संगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो अपिल गरेका हुन्।
आसन्न प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका कालिकोटका उम्मेदवार प्रकाण्ड सीेले कालिकोटका सहिद भेरी सहित सम्पूर्ण सहिदहरुको सपना अझै पुरा नभएको उल्लेख गर्दै जनताको असल पार्टी र प्रतिनिधि जिताएर पठाए मात्र देशको स्वाधीनताको रक्षा, जिल्लाको विकास र सहिदहरुको सपना पुरा हुने बताए । उनले सहिदहरुको सपना माओवादी पार्टी र आफूले जसरी पनि पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउदै निकै भावुक भएर आँसु झार्दै भने – ‘भेरी लगायत ५०० जना सहिदको सपना अधुरा छन, सहिदहरुको सपना पुरा नहुदासम्म निरन्तर लडिरहने प्रतिबद्धता गर्छु, हामी १० बर्षको जनयुद्ध लड्यौ, २०६४ मा संविधान सभाको चुनाव लड्यौ, करिब २८ हजार मत ल्यायौ, तर संविधान जनताको बन्न दिएन, अहिले पनि क्रान्ति जारी छ, एकीकृत जनक्रान्तिको नयाँ मोर्चाको रुपमा हामी १८ बर्षपछि चुनावमा आएका छौ, यो चुनावी मोर्चामा पनि लडेर जित्नु पर्छ ।’
प्रवक्ता प्रकाण्ड सीले काठमाडौलाई माओवादीमय बनाउने भनेर गएपनि केही माओवादीहरु उल्टै अमेरिकी र भारतीय साम्राज्यवादीहरुको कव्जामा परेको टिप्पणी गर्दै भने कालिकोटको विकासको लागि माओवादी र जनताको प्रतिनिधिहरुले जित्नुको विकल्प नभएको बताए ।
उनले राष्ट्र र जनताको स्वाधीनताको रक्षाका लागि पनि जनताको पार्टीले जित्नु पर्ने बताउदै यसको लागि कुनै लोभ,भ्रम र डर त्रासमा नपरेर जनतालाई मतदिन आग्रह गरे । उनले भने- ‘दलाल, भ्रष्ट, जाली जेलीहरुले हार्नुपर्छ, जनताले आफ्नो नेतालाई जिताउन ज्यान फालेर लाग्नु पर्छ, जीत जनताको हुन्छ, जनताको उम्मेदवार हराउने षड्यन्त्र अमेरिका र दिल्लीबाट हुन्छ, यो षड्यन्त्रमा पर्नु हुदैन, विकास जनताको प्रतिनिधि जितेपछिमात्र हुन्छ, दलाल भ्रष्टहरुले जीतेपछि कमिशनको खेलमा आफ्नो आवश्यकताले विकास हुन्छ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले आफ्नो पालामा कर्णाली करिडोर, खुलाल पुल, काठमाडौ जुम्ला फ्लाईट, सुर्खेत विमान स्थलको विस्तार लगायतका कामहरु गरेको उल्लेख गर्दै भने- ‘यो १८ बर्षमा के विकास गरे ? बाटो उस्तै छ, स्तरबृद्धि भएको छैन, कोटवाडा एरपोर्ट सुचारु गर्न सकेका छैनन,कमिशन र भ्रष्टाचार गरेका छन, यो बेला सडक, शिक्षा, सञ्चार, स्वास्थ्य,कृषि,प्राकृतिक साधनको सहि सदुपयोगका लागि जनताको प्रतिनिधिले जित्नु पर्छ ।’
यसैगरी, प्रवक्ता प्रकाण्डले सामान्य जन्मदर्ता गर्दा पनि जनतालाई पञ्चायती शासन जस्तै शुल्क लिने गरेको चर्चा गर्दे स्थानीय तहदेखि जिल्लाको विकासका लागि पूर्नसंचना जरुरी भएको बताए । उनले भ्रष्ट र दलालहरुको पछि नलाग्न र जनताको प्रतिनिधि पार्टी र नेता जिताउन आम जनतालाई आग्रह समेत गरे ।
