‘निर्वाचनमार्फत् नव दलाल र भ्रष्टहरुलाई बहिष्कार गर्नु होस्’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता प्रकाण्ड सीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नव दलाल र भ्रष्टहरुलाई बहिष्कार गर्न आग्रह गरेका छन्। शनिवार खाँडाचक्र नगरपालिकाको वडा नम्वर ४ ताडी पुगेका प्रवक्ता प्रकाण्ड सीले सहिदको रगतलाई नेताको कुर्सीमा साँट्ेर नेपाली जनतालाई धोका दिने तत्वहरु विरुद्ध चुनावी मोर्चामार्फत् बहिष्कार गर्न आग्रह गरेका हुन्। उनले भने- ‘मलाई पनि दलाल संसवादी बनाउने षड्यन्त्र धेरै भएका थिए, हामीले जनता र सहिदको रगतलाई सम्झेर जनतालाई धोका दिन सकेनौ, निरन्तर संघर्ष गरिरहयौ, त्यसमा धेरै समय खर्चियो, जनतामा आउन ढिलो भयो, क्षमा माग्छौ, हामीले कुनै कमिशन र भ्रष्टाचार गरेका छैनौ, संविधान सभाबाट जनताको संविधान बनाउन नदिए पछि संघर्षमा लाग्यौ, अहिले नवदलालहरु यहाँ पैदा भएका छन, भ्रष्टाचार र कमिशनले गनाएका छन ।’
प्रवक्ता प्रकाण्ड सीले जनताको विकासका लागि जनताकै नेता र पार्टी चाहिने भएको भन्दै राष्ट्रघाती, दलाल र भ्रष्टहरुलाई नजिताउन अपिलगर्दै भने-‘साम्राज्यवादीहरुले माओवादी पहिचान र जनयुद्धलाई मेटाउन चाहान्थे,आज प्रचण्ड वावुरामहरुले त्यस्तै गरे, एउटा माओवादी संसदवादी भएर सकियो, अर्को वास्तविक माओवादी हामी जीवित छौ । जनताको पार्टी माओवादी जीवित छ । हामीले हार्नु पर्ने कुनै कारण छैन, हामी जनताको तागतले जित्नेछौ। दलाल भ्रष्टहरुलाई बहिष्कार गर्नु होस् , कालिकोटले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको छ, हामीले हार्नु पर्ने कुनै कारण छैन, यदि हामीले हारे कर्णालीले हार्ने छ, कर्णालीले हारे देशले नै हार्नेछ ।’
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जनताको पार्टी र जनताको आफ्नै नेताले जितेपछि मात्र जनताको विकास हुने पनि ठोकुवा गर्दै भने- ‘१०० रुपया दिने हरुले १ लाख असुल गर्छन, १००० दिने हरुले करोड असुल गर्छ, अनि कतिवेला उनीहरुले जनताको विकास गर्छन, यसले आफ्नो असुली धन्धा सुरु गर्छन ।’
प्रवक्ता प्रकाण्ड सीले कालिकोटको जनताले जिताए पनि नजिताए पनि आफू उत्पीडत वर्ग, समुदाय र सिंगो कर्णालीको लागि विगतमा पनि स्थायी शिक्षकको जागिर छोडेर लडेको बताउदै आउने दिनमा पनि अन्तीमसम्म लड्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा स्थानीयहरुले प्रवक्ता प्रकाण्ड सलाई फुलमाला अविर र खादा लगाएर भव्य स्वागत गरेका थिए । स्थानीयहरुले जनताको नेता प्रकाण्ड भएको, जनयुद्ध सुरु गर्ने नेता प्रकाण्ड भएको, कालिकोट मात्र होईन कर्णालीमै जनयुद्धको विस्तार गर्ने नेता प्रकाण्ड भएको भन्दै हर्षित हुदै बाजागाजा र नाच नाच्दै भव्य स्वागत तथा सम्मान गरेका थिए । उनीहरुले १८ बर्षसम्म जिल्ला नेतृत्व विहिन जस्तै भएको र भ्रष्टाचारी तथा कमिशनखोरहरुको विगविगी बढेको बताउदै प्रवक्ता प्रकाण्ड सीसंग जनताको लागि निरन्तर लड्ने नेता प्रकाण्ड भएको तर प्रकाण्ड चुनावमा नआउदा बाध्यताले भ्रष्ट र कमिशनखोरलाई भोट दिनु परेको गुनासो गरेका थिए ।
