‘देश र जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै हो’

२०८२ माघ २९ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले जनताप्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै भएको ठोकुवा गरेका छन्। लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका उम्मेदवार तथा अगुवा कार्यकर्तालाई मङलबार बुटवलमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
उक्त कार्यक्रममा महासचिव विप्लव सीले आगामी निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सविधान संशोधन र राज्य पुनःसंरचनाको मुद्दा लिएर जनताका घरदैलोमा जान निर्देशन दिए । उनले अहिलेको निर्वाचनमा सबैभन्दा नयाँ र जनता प्रति जिम्मेवार पार्टी नेकपा माओवादी मात्रै रहेको ठोकुवा गर्दै जनताले माओवादी पार्टीलाई राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बलियो शक्तिको रुपमा हेरेको बताए । उनले पछिल्लो समय कतिपय पार्टीले लोकप्रियताको आवरणमा विदेशी डिजाइनको प्रतिनिधित्व गरेको संकेत गर्दै उक्त खेलमा देश भित्र गम्भीर चलखेल भईरहेको समेत बताए ।
महासचिव विप्लव सीले शुशिला कार्की नेतृत्वको सरकारले स्वतन्त्र पहिचान गुमाएको दाबी गर्दै कार्की सरकार रास्वपाको सरकार भएको बताए । उनले चुनाव गराउने जिम्मा लिएर सरकारको मन्त्री बनेकाहरु जिम्मेवारी छाडेर रास्वपाको उम्मेदवार बन्दै हिड्नुले अस्वभाविक डिजाइनको संकेत समेत गरेको बताए ।
प्रशिक्षण कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, पिविएम वसन्त श्रेष्ठ, बाला थापा यस्तै केन्द्रीय सदस्य संगम पुन, धिरज राना, सरद ओली लगायतका नेताहरूले सम्बोधन गरेका थिए भने उम्मेदवारहरु सबैले जिल्ला र निर्वाचन क्षेत्रको वस्तुस्थिति बारे रिपोर्टिङ गरेका थिए ।
माओवादीले लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्र मध्य २३ वटा क्षेत्रमा उम्मेदवार दिएको छ । रोल्पामा पार्टीका नेता चुडामणि वलीलाई उम्मेदवार बनाएको छ । साबिक लुम्बिनी अञ्चल अन्तर्गतका महत्त्वपूर्ण जिल्ला रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा माओवादीले उम्मेदवार बनाएको छ । रुपन्देही निर्वाचन क्षेत्र ५ मा माओवादी जनयुद्धका पुराना नेता बिष्णु भट्टराईलाई उम्मेदवार बनाएको छ भने रुपन्देही २ मा बिरेन्द्र विकलाई उम्मेदवार बनाएको छ । यस्तै रुपन्देही १ मा मदन बहादुर थारु, ३ मा शंकर ज्ञवाली र निर्वाचन क्षेत्र ४ मा बिष्णु तिवारीलाई उम्मेदवार बनाएको छ । यस्तै पाल्पाको निर्वाचन क्षेत्र १ मा बिष्णु ठड्डराई र २ मा जेन्जी युवा पुरन गैरेलाई प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको नेकपाका केन्द्रीय सदस्य सरद वलीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]