निर्वाचनका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ देशका प्रतिनिधिलाई पर्यवेक्षणकाे अनुमति
काठमाडौँ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचन पर्यवेक्षणका लागि तीन अन्तर्राष्ट्रिय संस्था र १२ मुलुकका प्रतिनिधिले अनुमति लिएका छन् । पर्यवेक्षणका लागि अमेरिकाका दुई संस्था इन्टरनेसलन रिपब्लिकन इन्स्टिच्युट र मल्टी डिसिप्लिनरी इन्स्टिच्युट फर ट्रेनिङ एन्ड लर्निङ तथा अर्को एसियन नेटवर्क फर फ्री इलेक्सनका ३९ जनाले अनुमति लिएका छन्।
यस्तै जापान, दक्षिण कोरिया, रूस, इन्डोनेसिया, अस्ट्रेलिया र मलेसियाका दुई-दुईजना गरी १२ जनाले अनुमति लिएका छन् भने भारतबाहेक ६ सार्क राष्ट्रका १८ जनाले निर्वाचन पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ६९ जना विदेशी र नेपालका २७ संस्थाका प्रतिनिधि चुनावी पर्यवेक्षणमा सहभागी हुनेछन् । आयोगले विदेशी पर्यवेक्षकहरू निर्वाचनको एक साताअघि नेपाल आइसक्ने पनि जनाएको छ ।
