याहुमा हृयाकरको आक्रमण
हृयाकरहरुले इन्टरनेट जाएन्ट याहुका २ करोडभन्दा बढी प्रयोगकर्ताको इमेल ठेगाना हृयाक गरेका छन् । याहुको जापानी संस्करण याहु जापानमा भएको साइबर हमलाबाट २ करोड २० लाख जति प्रयोगकर्ताको याहुमेलको विवरण चोरी भएको याहुले जनाएको छ । याहुका अनुसार पछिल्लो साइबर हमलाबाट याहुका १० प्रतिशत प्रयोगकर्ताको इमेल ठेगानाको विस्तृत विवरण चोरी भएको छ । यद्यपि धेरैका पार्सवर्ड चोर्न हृयाकरहरु असफल भएकाले तत्कालका लागि प्रयोगकर्ताको याहुमेललाई निस्तेज पार्न भने नसक्ने याहुले जनाएको छ । तथापि आफ्नो याहु इमेल अकाउण्टको पार्सवर्ड परिवर्तन गरिहाल्न याहुले आग्रह गरेको छ । यसो गर्दा याहुमेल हृयाकरको आक्रमणबाट सुरक्षित हुने छ । आफ्नो विज्ञप्तीमा जनाएअनुसार याहुले जापानी संस्करणको प्रशासन प्रणालीमा १६ मे मा पहिलोपटक आक्रमण भएको र हमलाको सुइँको पाउनेबित्तिकै थप क्षति हुन नदिन इन्टरनेट पहुँच काटिएको जनाएको छ । २ करोड २० लाख याहु प्रयोगकर्ताको इमेल ठेगानाबाट हृयाकरहरुले विभिन्न फाइल चोरी गरेको स्वीकार गर्दै याहुले तर त्यस्ता चोरी भएका फाइलमा इमेल ठेगानाको पार्सवर्ड तथा पार्सवर्ड परिवर्तन गर्न मिल्ने अन्य सूचना भने नरहेको स्पष्ट पारेको छ । याहु कम्पनी र मोबाइल र्फम सफ्टब्यांकको संयुक्त स्वामित्व रहेको याहु जापानले पछिल्लो साइबर हमलापछि साइबर सुरक्षा मजबुत पारिएको र हमलाकारीको खोजी भैरहेको जनाएको छ । साथै प्रयोगकर्ताको याहुमेल ठेगानामा आफ्नो पार्सवर्ड परिवर्तन गर्ने सन्देश पठाउने काम भैरहेको पनि बताइएको छ । यसैबीच, इन्टरनेट कम्पनी याहूले चर्चित माइक्रो ब्लगिङ साइट टम्बलर किनेको छ । दुइ कम्पनीबीचको सहमति अनुसार याहूले टम्बलरलाई नगद एक अर्ब १० करोड अमेरिकी डलर दिनेछ । अर्थात् टम्बलरले याहूबाट झण्डै ९३ अर्ब ५० करोड नेपाली रुपैयाँ पाउनेछ । सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियताबीच इन्टरनेट बजारमा आफ्नो शाख जोगाउन प्रयासरत याहूले टम्बलर किनेको हो । याहूकी प्रमुख कार्यकारी अधिकृत मरिसा मायरले टम्बलरलाई स्वतन्त्र रुपमा सञ्चालन गरिने टम्बलर ब्लगमा उल्लेख गरेकी छन् । याहूकी सिइओ मायरले ब्लगमा लेखेकी छन्- ‘अब याहू र टम्बलर न पर्ूण्ारुपमा छुट्टएिर बस्न सक्छन्, न पूणरुपमा एकअर्कामा आश्रति भैरहन सक्छन् ।’ याहूले किने पनि टम्बलर अहिलेको जसरी नै सञ्चालन हुनेछ । डेभिड कार्पटम्बलरका सिइओ रहिरहनेछन् । टम्बलरका प्रमुख कार्यकारी अधिकृत डेभिड कार्पले बढ्दो साधनस्रोतबीच टम्बलरलाई अझ उत्कृष्ट बनाउने बताएका छन् । ‘हाम्रो टिम उही रहनेछ । हाम्रो उद्देश्य पनि परिवर्तन हुनेछैन । हाम्रो मुख्यालय पनि परिवर्तन हुनेछैन । मात्र हामीसँग साधनस्रोत थपिएका छन्’, उनले भनेका छन् । सिइओ २६ वर्षा डेभिड कार्पले सन् २००७ मा मार्क आर्मेन्टसँग मिलेर टम्बलरको निर्माण गरेका थिए । कार्प कम्पनीको २५ प्रतिशत सेयरको हिस्सेदार हुन् । प्रयोगकर्ताले अत्यन्त रुचाए पनि टम्बलरले आर्थिक अभावसँग लड्दै आएको थियो । टम्बलरमा ब्लगिङ तथा सामाजिक सञ्जाल दुबै सेवा उपलब्ध छन् । हाल टम्बलरमा १० करोड ९० लाख ब्लग निर्माण भएका छन् भने ५१ अर्ब ब्लग पोष्टहरु छन् । टम्बलरमा दैनिक एक लाख २० हजार नयाँ प्रयोगकर्ताले साइनअप गर्छन् । यसको मुख्यालय अमेरिकाको न्यूयोर्कमा छ । हाल चल्तीमा रहेका ब्लगिङ प्लेटर्फमवर्ड्रेस र ब्लगरसँगै टम्बलरको पनि नाम आउँछ । युवाहरुमाझ निकै चर्चित टम्बलमाथि यौनजन्य सामग्री नियन्त्रण गर्न नसकेको आरोप लाग्ने गरेको छ । याहू र टम्बलरबीचको सहमति यो वर्षसोसल मिडिया कम्पनीहरुबीच भएको सबैभन्दा ठूलो कारोबार भएको न्यूयोर्क टाइम्सले जनाएको छ । गएको वर्षफेसबुकले एक अर्ब अमेरिकी डलरमा इन्स्टाग्राम किनेको थियो ।