फेसबुकको खेति स्मरण शक्तिलाई क्षति
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’को लत बसेको छ भने आजैबाट होसियार हुनुस् । फेसबुकमा सधैं झुम्मिनुले तपाईंको स्मरण शक्तिलाई क्षति पुग्न सक्छ । यति मात्रै भए त हुन्थ्यो नि, तपाईंलाई यसको लतले हिन्दी चलचित्र गजनीको आमिर खान बनाउन सक्छ । फेसबुकमा तपाईं या आफ्ना साथीहरुको वालमा कुनै सन्देश पोस्ट गरिएको हर्ेनु हुन्छ वा लाइक गर्नुहुन्छ भने अब र्सतर्क बन्नुस् । साथी वा कसैको वालमा कमेन्ट गर्दा या ऊसँग छलफलमा जुट्दा तपाईंको स्वास्थ्यलाई हानि पुर्याउन सक्ने एक अध्ययनले देखाएको छ । आवश्यकभन्दा बढी फेसबुसक एक्सेस गरेमा तपाईंलाई र्’र्सट र्टम मेमोरी’ मा क्षति हुने रोग लाग्न सक्छ । स्टकहोमस्थित केटीएच रोयल इन्स्टच्युट अफ टेक्नोलजीका इरिक पान्सेन भन्छन्, ‘आजको ‘इन्फरमेसन ओभरलोड’ को युगमा अफलाइन हुनु स्वास्थ्यका लागि राम्रो हो । किनभने जब तपाईं सोसल मिडियाको एडिक्ट बन्नुहुन्छ, तब तपाईंले धेरै घटनाहरु हेन र पढ्न पाउनु हुन्छ । यसले हाम्रो मनमस्तिष्कमा गहिरो प्रभाव छाड्छ । फलस्वरुप हामीमा सम्झने शक्तिको क्षय हुन्छ, हामीलाई बिर्से रोग लाग्न थाल्छ ।’ प|mानसेन थप्छन्, ‘हाम्रो मस्तिष्कको त्यो भाग जसलाई ‘वर्किङ मेमोरी’ पनि भनिन्छ, घटनाहरुलाई कम समयसम्म मात्र सञ्चित गर्ने क्षमता यसमा हुन्छ ।
फेसबुकले यो क्षमतालाई कम गर्छ ।’ उनका अनुसार वर्किङ मेमोरीकै कारण नै मानिसले कुराकानीका क्रममा आवश्यक विषयमा आफ्नो विचार प्रकट गर्ने गर्छन् । उनी भन्छन्, ‘जब हामी आवश्यकभन्दा बढी सोसल मिडियाको प्रयोग गर्छाा, यसको इन्फर्मेसन हाम्रो सीमित वर्किङ मेमोरीमा आफ्नो ठाउँ बनाउँछ । उक्त मेमोरीले तीनदेखि चार कुराहरुमात्रै एक समयमा सञ्चित गरेर राख्न सक्छ । तर सोसल मिडियाको प्रयोगबाट मस्तिष्कको यो क्षेत्र ‘इन्फर्मेसन ओभरलोड’ को सिकार भएपछि हाम्रो स्मरण क्षमतामा ह्रास आउन थाल्छ ।’
यसैबिच, फेसबुकले १८ वर्षन्दा मुनिका किशोर किशोरीका लागि फेसबुक प्रयोगमा लगाउँदै आएको सीमित बन्देज फुकुवा गरेको छ । यो बन्देज हटेसँगै अब सबै उमेरका किशोर किशोरीले अब आफैले आफ्नो फेसबुक पेजको सेटिङ परिवर्तन् गर्नसक्नुका साथै विभिन्न जानकारी तथा सामाग्रीहरु र्सार्वजनिक रुपमा शेयर समेत गर्न पाउनेछन् । यसअघि सम्म १८ वर्षुनिका फेसबुक प्रयोगकर्ता किशोर किशोरीहरुले फेसबुकमा गरेका पोष्टहरु उनीहरुका साथी वा साथीका साथीले मात्र हेनपाउँथे तर साथीको वृत्त बाहिरका अरु प्रयोगकर्ताले हेनपाउँदैनथे । आफ्नो पछिल्लो परिवर्तनको बारेमा जानकारी गराउँदै फेसबुकले किशोर वर्ग सामाजिक संजाल प्रयोग गर्न सबैभन्दा जानकार वर्ग रहेको र नागरिक सहभागिता, अभियान, विचार तथा अन्य चासोका विषयहरुमा आफ्ना मत पनि सबै मान्छेले हेनपाउन् भन्ने सोँच किशोर किशोरीमा हुने भएकाले यस्तो निर्ण्र्ाागरेको बताएको छ । यद्यपि अहिले फेसबुकमा पब्लिक पोष्ट गर्न किशोर किशोरीको संख्या उल्लेख्य नभएको भएपनि पछिल्लो परिवर्तनले किशोर किशोरीहरुमा छनोटको अवसरमा वृद्धि भएको र उनीहरुले आफ्ना सामाग्रीहरु सामाजिक संजालमा बढि भन्दा बढि शेयर गर्नसक्ने फेसबुकको दाबी छ ।
स्नाप च्याट, हृवाट्स एप जस्ता नयाँ सोसल मिडियाहरु किशोर किशोरीबीच लोकप्रिय बन्दै गएपछि फेसबुकले यस्तो रणनीति अख्तियार गरेको हो । फेसबुकका अनुसार किशोर किशोरीले आफ्ना सामाग्रीहरु र्सार्वजनिक रुपमा फेसबुकमा पोष्ट गर्ने क्रममा केही पटक उनीहरुलाई ‘यो सामाग्री सबै जनाले हर्ेनसक्छन् है’ भन्ने खालको सचेतनामूलक तथा जानकारीमूलक सन्देश दिइनेछ । – एजेन्सी