मानिसको टाउको नै प्रयारोपणको तयारी
मानिसको शरीरका अंगहरु प्रयारोपण गरिएको सुन्नमा आउँछ । प्रायः मिर्गौला प्रत्यारोपण, मुटुमा भल्भ प्रत्यारोपण गरिन्छ । तर, चिकित्सा विज्ञानले अविश्वसनीय लाग्ने प्रत्यारोपण सम्भव बनाउने जमर्को गर्दैछ । हो, मानिसको टाउको नै प्रत्यारोपण गरिने तयारी भैरहेको छ । यसका लागि हेभन÷जेमिनी कोड नामबाट एक परियोजना संचालित छ । जसले दुई वर्ष भित्र स्पाइनल कोर्डसँग सम्बन्ध राख्ने गरी मानिसको टाउको प्रत्यारोपण गर्ने छ ।गत जुनको सर्जिकल न्युरोलोजी इन्टरनेसनल जर्नलमा इटालीका स्नायुवैज्ञानिक डा. सर्गियो कानाभारोले यस परियोजनाको उद्धेश्य र कार्य प्रगति बारेमा जनाकारी दिनुभएको छ । उहाँका अनुसार मानिसको टाउको प्रत्यारोपण गर्न सय जना शल्यचिकित्सकले ३६ घण्टा समय लगाउने छन् र यसमा लगभग एक करोड २६ लाख अमेरिकी डलर लागत लाग्ने छ ।
सन् १९७० मा अमेरिकी न्युरोसर्जन रोबर्ट जोसेफ ह्वाइटले एक बाँदरको टाउको अर्को बाँदरमा प्रत्यारोपण गर्नुभएको थियो तर उहाँले आवश्यक प्रविधिको अभावमा कैयौँ स्पाइनल कोर्डको मर्मत गर्न सक्नुभएन । जसले गर्दा बाँदरलाई पक्षघात भयो र केही दिनमै मर्यो ।तर, कानाभारोले अहिलेको प्रविधिले त्यस समस्यालाई समाधान गर्ने विश्वास लिनुभएको छ । उहाँले यसअधिको एक अनुसन्धानमा वैज्ञानिकहरुले मुसाको स्पाइनल कोर्ड पुनः जोडेको बताउनु भएको छ । उहाँका अनुसार प्रत्यारोपणको सबै पक्ष ठिकठाक भएमा स्नायु कोषहरुले न्युरोन, माँशपेसी र ग्रन्थीहरुसँग संदेश आदान प्रदान गर्नेछन् ।आप्mनो कार्यपत्रमा कानाभारोले उल्लेख गर्नुभएको छ– यस अभियानमा सबैभन्दा ठूलो समस्या भनेको दाता र ग्रहणकर्ताको स्पाइनल कोर्डलाई पुनः सम्पर्कमा ल्याउनु नै हो, मेरो विचारमा अहिलेको प्रविधिले यसलाई सम्भव बनाउने छ ।मानिसको टाउको प्रत्यारोपण गर्दा ग्रहणकर्ता टाउकोलाई लगभग ४५ मिनेट सम्म १२ देखि १५ डिग्री सेल्सियस तापक्रम हाइपोथर्मिया (चिसो) को अवस्थामा राखिने छ । जसलाई हेभन प्रोसेस भनिएको छ । त्यस अवधिमा कुनै पनि स्नायुतन्त्रमा क्षति नपुग्ने विश्वास गरिएको छ ।
जेमिनी प्रक्रियामा ग्रहणकर्ताको टाउकोलाई दाताको शरीरमा जोड्नु पहिले शल्यचिकित्सकले बटारिएको स्पाइनल कोर्डलाई निकै घारिलो चक्कुले काट्ने छन् । स्पाइनल कोर्डलाई कुनै क्षति नपुग्ने गरी काट्नु चुनौतीपूर्ण रहेको भनाइ कानाभारो छ । यति मात्र होइन माँशसपेसी तन्त्रिका र हड्डीसँग जोडिएका माँशपेसीलाई पनि कुनै क्षति नपुग्ने गरी काटिएमा मात्र स्नायु कोर्डसँग तिनीहरुको सही सम्बन्ध स्थापित गर्न सकिने छ । कानाभारोका अनुसार उल्लेखित मोटोरन्युरोनल पुलका लागि अहिले प्रभावकारी प्रविधि उपलब्ध छ । जसले स्पाइनल कोर्डमा चोट लागेको उपचार गरिन्छ ।अर्को महत्वपूर्ण कुरा मानिसको मस्तिष्क अक्सिजन विना एक घण्टा मात्र बाँच्न सक्ने भएकाले शल्यचिकित्सकले त्यस समयवधिमा दुवै टाउकोलाई शरीरबाट छुट्याएर एकअर्काको शरीरमा पुनः जोडेर रक्तसंचार प्रणालीलाई सक्रिया पार्नु पर्ने छ ।तर, यस विस्मयकारी प्रत्यारोपणमा नैतिक र धार्मिक पक्षबाट प्रश्न उठ्ने खतरा रहेको छ । – एजेन्सी