फेसबुक चलाउनेको संख्या २ अर्ब
काठमाडौं, १५ असार । सामाजिक सन्जाल फेसबुकका संस्थापक तथा कार्यकारी प्रमुख मार्क जुकरबर्गले मंगलबारसम्ममा फेसबुक प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेको घोषणा गरेका छन । जुकरबर्गका अनुसार फेसबुक प्रयोगकर्ताको संख्या दुई अर्व पुगेको खुशियालीमा सबै प्रयोगकर्ताहरुलाई व्यक्तिगत गतिविधिसहितको कथा भिडियो छिट्टै सार्वजनिक हुँदै छ ।
फेसबुकले गत मार्च महिनासम्ममा आफ्नो क्रियाशिल प्रयोगकर्ताको संख्या १.९४ अर्ब रहेको उल्लेख गरेको थियो । फेसबुकका प्रडक्ट म्यानेजर गुइल्लेर्मो स्पिल्लेरले पछिल्लो वर्ष फेसबुक प्रयोगकर्ताको संख्यामा आएको बृद्धि अनुमान गरेभन्दा १७ प्रतिसत बढि रहेको बताए ।मंगलबार म्यानेजर स्पिल्लेरले जारि गरेको विज्ञप्तिमा संसार अझै नजीक भएको र सबै संगै रमाउनसमेत आग्रह गरिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार प्रत्येक दिन ८० करोड मानिसहरुले फेसबुकमा केहि न केहि आफ्नो गतिविधि गर्ने गरेको र १७ करोड ५० लाख मानिसहरुले शाथीको स्टाट्समा ‘लभ’ प्रतिक्रृया जनाएकोसमेत उल्लेख छ । स्पिल्लेरका अनुसार गत मार्च महिनासम्ममा ट्वीटरको प्रयोगकर्ताको संख्या ३२.८ करोड पुगेकोे र यसको तुलनामा फेसबुक निकै अगाडी रहेको छ ।