युट्युबको मोहले ज्यान लियो

२०७४ असार १५ गते, बिहीबार

काठमाडौँ , १५ असार । अमेरिकामा सामािजक सञ्जालका लागि स्टन्ट गर्ने क्रममा एउटी युवतीले आफ्नै ब्वायफ्रेण्डको ज्यान लिएकी छन् । अमेरिकाको मिनेसोटा निवासी १९ वर्षीया मोनालिसा पेरेजमाथि आफ्नो ब्वायफ्रेण्ड पेड्रो रुइजको हत्या गरेको आरोप लागेको छ । अब उनलाई जेल पठाइने भएको छ । मोनालिसाले जतिबेला रुइजमाथि गोली हानिन् त्यतिबेला उनी नजिक ३० बढी छिमेकी र तीन वर्षकी छोरी पनि यो दृष्य हेरिरहेका थिए । रुइजले आफ्नो टाउकामा किताव राखेका थिए । उनलाई आशा थियो कि गोली किताबमै अड्किनेछ र उनलाई केही हुने छैन ।
रुइजका नातेदारका अनुसार उनी सामाजिक सञ्जालमा आफ्नो फलोअर्स बढाउन यो स्टन्ट गरिरहेका थिउ । क्लाडिया रुइजले स्थानीय टीभी डब्ल्यु डेसँग भनिन्–उनले भनेका थिए कि यो स्टन्ट गरेर उनी चर्चित हुन चाहन्थे, अधिक भ्युअर चाहन्थे । क्लाडिया भन्छिन्–उसले मलाई आफ्नो आइडियाका बारेमा बताएको थियो र मैले यसो नगर्न भनेकी थिएँ । मैले बन्दुक प्रयोग नगर्न सुझाव दिएकी थिएँ । उनी भन्छिन्–उनीहरु एकअर्कालाई अति नै माया गर्थे, यो मात्र एउटा प्रैंक थियो, जुन गलत भयो । पेरेज गर्भवती छिन् र उनलाई अदालत पेस गरिनेछ । पुलिसका अनुसार किताब एउटा हार्डकभर एनसाइक्लोपेडिया थियो । गोली प्रहार गर्न ५० क्यालिभर हैंडगन प्रयोग गरिएको थियो ।
प्रहरीले दुई वटा क्यामेरा पनि बरामद गरेको छ । जसमा सोमबार भएको घटनाको भिडियो रेकर्ड छ । पेरेजले करिब एक फूटको दुरीबाट लुइजमाथि गोली चलाएकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु