सामाजिक सञ्जालको दुष्प्रभाव

२०७४ असार १९ गते, सोमबार

काठमाडौ, १९ असार । बेलायतको एजुकेशन पोलिसी इष्न्टिच्युटले गरेको एउटा नयाँ अध्ययनले बालबालिकालाई इन्टरनेट प्रयोग सीमित गरेर मात्रै उनीहरुलाई सामाजिक सञ्जालको दुष्प्रभावबाट बचाउन नसकिने निष्कर्ष निकालेको छ। विकसित देशहरुमा इन्टरनेटको प्रयोगको दरको मामिलामा बेलायती किशोर निकै अगाडि छन् । यसको सिधा असर उनीहरुको स्वास्थ्यमा पर्ने गरेको अध्ययनको निष्कर्ष छ। यो नयाँ अध्ययनमा इन्टरनेटको प्रयोगमा रोक लगाउँदा उल्टै बालबालिकामा डिजिटल स्किल र भावनात्मक रुपाबट संवेदनशीलतामा कमी हुने गरेको उल्लेख छ।
इजुकेशन पोलिसी इन्ष्टिच्युटका मानसिक स्वास्थ्य विभागका निर्देशक एमिली फ्रायथले इन्टरनेट चलाउन रोक लगाउँदा अनलाइनमा आउने समस्याबाट त छुटकारा मिल्छ तर यसबाट उनीहरुभित्र समस्यासँग जुझ्ने क्षमता कम हुने बताए । उनले भने, शोधबाट स्पष्ट भएको छ कि बालबालिकामा इन्टरनेटको प्रयोगमा रोक लगाउँदा उनीहरुभित्र अनलाइन जोखिमको सामना गर्ने क्षमता अभाव हुन जान्छ ।
एजुकेशन पोलिसी इन्ष्टिच्युटको अध्ययनबाट बेलायतमा १५ वर्षका एक तिहाई बालबालिका (निकै बढी इन्टरनेट प्रयोग) गर्ने गर्दछन्। राष्ट्यि तथ्यांकअनुसार १० देखि १५ वर्ष उमेर समूहका आधाभन्दा बढी (५६ प्रतिशत) बालबालिकाहरेक दिन तीन भण्टाभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउने गर्दछन् । सन् २०१३(१४ को अध्ययनअनुसार यही उमेरसमूहका एक तिहाई बालबालिका सामाजिक सञ्जाल बिल्कुलै चलाउँदैन थिए । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]