उत्तर कोरियाद्वारा पुन: लामो दुरीको क्षेप्यास्त्र परीक्षण

२०७४ असार २१ गते, बुधबार

काठमाडौं, २१ असार । उत्तर कोरियाले फेरी लामो दुरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले एक महादेशबाट अर्को महादेशमा आणविक हतियारसहित मार हान्न सक्ने ईन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको दावी अमेरिकाले गरेको हो । ह्वासुङ–१४ नाम दिइएको यो क्षेप्यास्त्र २ हजार ८ सय २ किलोमिटरको उचाईमा ३९ मिनेटसम्म उडेर ९ सय ३३ किलमोमिटरको दुरी पार गर्दै समुद्रमा तोकिएको लक्ष्यमा खसेको बताइएको छ । यो मिसाईलले क्यानडाको पुरै भाग र अमेरिकाको अलास्कासहितको केही राज्यसम्म मार हान्ने क्षमता राख्छ । तर अमेरिकाका ४६ राज्यमा भने यसको प्रभाव हुनेछैन । उत्तरले मिसाईल परीक्षण गरे पनि यसका लागि आवश्यक आणविक हतियार भने उसँग नभएको अमेरीकी दाबी छ ।
उत्तर कोरियाको पछिल्लो कदमलाई अमेरिकाले विश्व जगतका लागि नयाँ सुरक्षा खतराको रुपमा ब्याख्या गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाली कदमले अमेरिका तथा पुरै विश्वलाई खतरामा पारेको प्रतिक्रिया दिएका छन् । यही विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालिन बैठक डाकेको छ । बुधबार बस्ने बैठकले उत्तर कोरियामाथि नाकाबन्दी कडा पार्दै थप कारवाहीको विषयमा निर्णय गर्नेछ । १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा यसअघि पनि अमेरिकाले कोरियाली मुद्दा उठाउने गरेकोमा रुस र चीनले प्रतिवान गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]