मध्य र पश्चिम तराईमा भारी वर्षात् हुने सम्भावना
काठमाडौ, २६ असार । आज मध्य र पश्चिम तराईका भु–भागमा भारी वर्षात् हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ती कडेलले साँझ पख पश्चिमी क्षेत्रमा पूर्वि क्षेत्रमा समेत भारी वर्षात् हुन सक्ने बताए । अहिले पनि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । वर्षातका कारण बाढी पहिरोको उच्च जोखिम रहेको बताउँदै कँडेलले सतर्क रहन आग्रह गरेका छन ।
साथै उहाँले नदी तटिय क्षेत्रका नागरिकले अझ बढि सतर्क हुनु पर्ने समेत बताए । अझै केहि दिन भारी वर्षको सम्भावना रहेको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ ।