टेलिकमको जाडो अफर सुरु

२०७४ पुष ७ गते, शुक्रबार

काठमाडौं , ६ पुस । नेपाल टेलिकमले जाडो अफर ल्याएको छ । यो योजना आज (पुस ७ गते )देखि माघ २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।जाडो महिनाका लागि ग्राहकको लागि बोनससहितको विशेष प्याकेज ल्याएको छ । टेलिकमले विन्टर अल टाइम डाटा प्याक अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ एमबी र २५ एमबी वोनस डाटा प्याक उपहार दिने जनाएको छ, यस्तै ६० रुपैयाँमा १ सय ५० एमबी र बोनस स्वरुप १ सय ५० एमबी नै डाटा दिने भएको छ ।
यस्तै टेलिकममले १ सय २० रुपैयाँमा ५ सय एमबी र बोनस ५ सय एमबी गरी १ हजार एमबी डाटा दिने भएको छ । यस्तै सस्तो मुल्यमा रात्रीकालीन डाटा प्याकेज अन्तरगत १२ रुपैयाँमा १ सय २० एमबी, ६० रुपैयाँमा ७ सय एमबी र १ सय २० रुपैयाँमा १६ सय एमबी डाटा पाइने टेलिकमले जनाएको छ । यस्तै फेसबुक र ट्वीटर मात्रै प्रयोग गर्नको लागि पनि नेपाल टेलिकमले सस्तो अफर ल्याएको छ । एसएमएस सेवामा पनि १० रुपैयाँमा १ सय एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]