झोलामा बोक्न मिल्ने स्कुटर !

२०७४ माघ १६ गते, मंगलवार

काठमाडौँ , १६ माघ । युजेट कम्पनीले फोल्डिङ मोटरसाइकल उत्पादन गरेको छ। फोल्डिङ स्कुटर ब्याट्रीबाट चल्ने रहेको छ। ब्याट्री फुल चार्ज गरेपछि यो एक सय ५० किलोमिटरसम्म चल्न सक्छ । यसको तौल केवल ३२ किलोग्राम मात्रै छ । यसमा एउटा हाइटेक स्क्रिन राखिएको छ, जुन मोबाइल एपबाट कस्ट्रोल हुन्छ । एपकै मद्दतबाट स्कुटर लक र अनलकसमेत हुन्छ । यसलाई फोल्डिङ गरी कारको डिक्कीमा राखेर जहाँसुकै लैजान पनि सकिन्छ । कम तौलको भएकाले बोकेरै लैजान पनि त्यति धेरै असहज हुँदैन । युरोपमा यो स्कुटरको बिक्री सुरु भइसकेको छ । एसियामा समेत भित्राउने तयारी भइरहेको कम्पनीले जनाएको छ । अमेरिकाको लस भेगसमा भएको विश्वकै ठूलो इलेक्ट्रोनिक मेलामा यो स्कुटर प्रदर्शन गरिएको थियो । मोडलअनुसार यसको फरक–फरक मूल्य राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]