अन्तरिक्ष केन्द्रमा रहेका भग्नावशेषहरु पृथ्वीमा खस्न सक्ने
काठमाडौं, १४ चैत । अन्तरिक्ष केन्द्रमा रहेको चीनको भग्नावशेषहरु कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् । द तियांयोग १ नामको चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत स्पेस स्टेशनमा रहेका भग्नावशेषहरु यही ३० मार्चदेखि २ अप्रिलको बीचमा पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो । सन् २०११ मा अन्तरिक्षमा पठाएको उक्त स्पेशको सन् २०१६ मा सम्पर्क टुटेपछि अन्तरिक्ष केन्द्रमा रहेका भग्नावशेषहरु नष्ट नभएका कारण पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो । पृथ्वीको भूमध्य रेखाको ४३ डिग्री उत्तरदेखि ४३ डिग्री दक्षिणमा यसको भग्नावशेष खस्न सक्ने द यूरोपियन स्पेस एजेन्सीले जनाएको छ ।
यसका बारेमा लगातार सूचना प्रशारित गरिरहेको एजेन्सीले ३० मार्चबाट यसको भग्नावशेष वायुमण्डलमा प्रवेश गर्नसक्ने जनाएको हो । सन् २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको यो पहिलो चरण पनि मानिएको थियो । धेरैजसो भग्नावशेषहरु अन्तरिक्षमै जलेर भष्म हुने भएपनि कहिलेकाहीं भने केही टुक्रा नजलिकनै पृथ्वीमा खस्ने गरेको वैज्ञानिक बताउँछन् । चीनले सन् २०१६ मा तियांयोगसँग सम्पर्क विच्छेद भएको र नियन्त्रण गर्न सक्षम नरहेको जनाएको थियो । – एजेन्सी