उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया सुरु

२०७५ श्रावण ८ गते, मंगलवार

काठमाडौं, ८ साउन । गत जुनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सहमतिअनुसार उत्तर कोरियाले आफ्नो महत्पूर्ण क्षेप्यास्त्र परीक्षणस्थल नष्ट गर्ने प्रक्रिया शुरु गरेको छ । अमेरिकासँग आबद्ध एउटा अनुगमन समुहले उत्तर पश्चिमी क्षेत्रमा रहेको सोहाए स्टेनका स्याटेलाइट तस्वीरहरुमा परीक्षण स्थल नष्ट गरिंदै गरेको देखिएको जनाएको छ ।
सिंगापुरमा कोरियाली प्रायद्विपलाई पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको थियो । प्योङयाङले सोहाएलाई स्याटेलाइट परीक्षण स्थल बताउदै आएपनि अमेरिकाले भने त्यहाँबाट ब्यालेष्टिक मिसाइल परीक्षण गर्ने गरेको विश्वास गर्दै आएको छ । नौ महिना यता उत्तर कोरियाले कुनै पनि परमाणु परीक्षण नगरेको भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई मुलुकको सम्बन्ध सुधारबाट आफु निकै खुशी भएको बताउनु भएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]