स्लाइनपानी उद्याेग स्थापना
काठमाडौं, १४ पुस । वीरगञ्जमा ‘एभरेष्ट प्यारेन्ट्रल उद्योग’ काे नामबाट स्लाइन तथा सिरिन्जहरु उत्पादन गर्ने उद्याेग स्थापना गरिएकाे छ । उद्याेगले केही समयमै उत्पादन थाल्ने जनाइएकाे छ । करिब सवा १ अर्ब लगानीमा सञ्चालनाम अाउन लागेकाे यो उद्योगले स्लाइनपानी, इन्जेक्शन, आइ तथा इयर ड्रप्सलगायतका अाैषधिजन्य उत्पादन थाल्नेछ । राणासरिया घरानाकाे मुख्य लगानी रहेकाे यस उद्याेगले फ्लेक्सी ब्याग, प्लाष्टिकको बोतल तथा युरोहेड बोतलमा सलाइन पानीका१५ वटा ब्रान्ड र स्मल प्यारेन्ट्रल २५ ब्रान्डमा उत्पादन गर्ने सञ्चालक उमंग राणासरियाले बताएका छन् । उनी अष्ट्रेलियामा अध्ययन गरेर फर्किएपछि औषधी उद्योगतर्फ लागेका हुन् । तर उनका उनका बुबा महेशकुमारचाहिँ स्टील र सिमेन्ट उद्योगी हुन् । हाल उद्याेगकाे करिब ८० प्रतिशत काम सकिएकाे उनले जानकारी दिए । जसअन्तरगत भवन निर्माण कार्य सकिएकाे छ भने मेशिन जडान र फिनिसिङको काम भइरहेको छ । अागामी जेठ-असारसम्म उद्याेग पूर्ण सञ्चालनमा अाएर उत्पादन सुरु गर्ने उनकाे दाबी छ । आधुनिक र गुणस्तरयुक्त प्रविधि भित्र्याएको दाबी एभरेष्ट फर्मास्यूटिकल्सले प्लान्टसँगै जनशक्ति पनि सक्षम र उन्नत भित्राएर गुणस्तरीय उत्पादन थाल्ने जनाएकाे छ । यस उद्याेगबाट उत्पादित हुने अाैषधिलगायत स्लाइनहरु भारतबाट अायात हुने भन्दा सस्ताे पर्नेछ ।