टिस्यू कल्चर ल्याव सञ्चालन

२०७५ पुष २५ गते, बुधबार

काठमाडौं, २५ पुस । धनकुटाको पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्रभित्र २० वर्षअघि स्थापना गरिएको टिस्यू कल्चर ल्याब संचालनमा आएको छ । अमिला फलफूल जातका स्वस्थ्य तथा निरोगी विरुवा उत्पादन गर्ने उद्देश्यसहित २०५५ सालमा ल्याबको स्थापना गरिएको थियो । तर दक्ष प्राविधिक, पर्याप्त उपकरण तथा आवश्यक रसायन खरिद गर्न नसक्दा सो ल्याव सञ्चालनमा आएको थिएन । ल्याब सञ्चालन गर्ने प्राविधिकको दरबन्दीअनुसार कर्मचारी नआएपछि आन्तरिक स्रोत जुटाई प्राविधिक नियुक्ति गरेर ल्याव सञ्चालनमा ल्याएको केन्द्रका वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
ढुसिजन्य सिट्रस ग्रिनिङ्ग रोगको प्रकोप बढेर खस्किएको अमिलाजात फलफूलको उत्पादन र गुणस्तरमा सुधार ल्याउने लक्ष्यका साथ नयाँ स्वस्थ्य विरुवा उत्पादन गर्न ल्यावको स्थापना गरिएको थियो । पूर्णरुपमा दक्ष जनशक्ति र मेसिन उपकरण उपलब्ध हुँदा सो ल्यावबाट बार्षिक १ हजार स्वस्थ र निरोगी अमिलाजात फलफूलको विरुवा उत्पादन गर्न सकिन्छ । पछिल्लो समय अमिलाजात फलफूल सुन्तला, जुनार, कागती र भोगटेमा देखिएको फ्रुड फ्राई, ग्रिनिङ, ब्याक्टेरियल जस्ता रोगको प्रकोपले किसान लगाएको बगैंचा मासिँदै गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]