वाइफाइको पासवर्ड थाहा पाउने सजिलो तरिका !
काठमाडौं, १८ फागुन । अहिलेको डिजिटल समयमा हामी सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्रीजी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर, कहिलेकाहीँ बाहिर कतै जाँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ । यस्तै स्थितिमा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ । कलेज, सपिङ मल वा सिनेमा हलमा वाइफाइका ओपन नेटवर्क हुने गर्छन् । तर, पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर, तपाइँले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्नु हुन्छ । पब्लिक वाई–फाईको पासवर्ड थाहा पाउने तरिका यस प्रकार छ !
१. बेष्ट वाइफाइ नेटवर्क ह्याकर ः यो एप बनाउने कम्पनीले जस्तोसुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।
२. हाऊ टू ह्याक वायरलेस नेटवर्क ः यो पनि अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङसमेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।
३. वाइफाइ ह्याकर ः वाइफाइ ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।
४. ह्याक वाई–फाई पासवर्ड ः यो एप पनि गुगल प्लेमा निःशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिलेसम्म १० लाखभन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।
५. फाइण्ड माइ राउटर्स पासवर्ड ः डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।