देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना

२०७५ चैत्र १६ गते, शनिबार

काठमाडाैं, १६ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । विशेषगरी काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै पश्चिमी क्षेत्रका पनि थोरै स्थानमा वर्षा हुने देखिएको छ । आज दिनभरजसो वर्षा हुनेछ । तर पानी पर्ने र बीच बीचमा रोकिने भइरहन्छ । प्रि मनसुन जारी छ, त्यसैले हावाहुरी र चट्याङको सम्भावना पनि स्वाभाविक भएको मौसमविदहरुको भनाइ रहेको छ । यस्तै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम खुल्न अझै एकदुई दिन लाग्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]