एटीएममा अनिवार्य नेपाली भाषा पनि राख्नुपर्ने

२०७६ जेष्ठ ७ गते, मंगलवार

काठमाडौं, ७ जेठ । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली र अंग्रेजी दुवै भाषा राख्नुपर्ने भएको हो । राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्यौट ऐन २०७५ को दफा ४५ उपदफा (१) तथा भुक्तानी तथा फछर्यौट विनियमावली २०७२ (दोस्रो संसोधन २०७४ समेत) को विनियम ५९ उपविनियम (१) ले दिएको अधिकार प्रयोग गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । -आर्थिक राष्ट्रिय दैनिक

प्रतिक्रियाहरु

[anycomment]