आज देशभर वर्षाकाे सम्भावना

२०७६ असार ४ गते, बुधबार

काठमाडौँ, ४ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ।
यसैगरी , महाशाखाले अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको जनाएको छ । महाशाखाले बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन भित्रिने देखिएको बताएको छ । अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना नरहेको मौसमविद्ले बताए । सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।

प्रतिक्रियाहरु

[anycomment]