कोरोना रिपोर्ट : संक्रमण भए ४५ र नभएको भए ३० मिनेटमै आउने

काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले द्रुत गतिमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन जडान गरेको छ । अन्य दिर्घरोगीहरुलाई कोरोना संक्रमण भए ज्यान जाने जोखिम भएको हुनाले उनीहरुलाई लक्षित गरेर कोरोना भाइरसको रिपोर्ट चाडै दिने उदेश्यले मेसिन जडान गरिएको अस्पताल प्रसाशनले जनाएको छ ।
एचआइभी संक्रमित, क्षयरोग र अस्पतालमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएका गम्भीर अवस्थामा आएका बिरामीहरुको परीक्षण गरिने भएको छ । शुक्रबार जडान गरी उद्घाटन गरिएको मेसिनले कोरोना भाइरस संक्रमण भए ४५ मिनेटमा र नभएको भए ३० मिनेटमै रिपोर्ट दिइने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनालले बताए । नयाँ मेसिन संचालनका लागि ४ जना प्रबिधिकलाई खटाइएको बताइएको छ । यस कक्षमा एचआईभी संक्रमित र क्षयरोगीलाई बिशेष प्रथामिकताका साथ परीक्षण हुने अस्पतालले जनाएको छ ।