Mars Planet God को वैज्ञानिक अन्वेषण

मंगल ग्रहमा चिठ्ठी
एक जना पाँच वर्षे बालकले अचम्मको प्रश्न सोधेर पत्र पठाए पछि बेलायतको शाही हुलाक विभागका कर्मचारीहरुको पसिना छुट्यो । भविष्यमा अन्तरिक्ष यात्री बन्ने सपना बोकेका ओलीभर गिडिंग्सले सोधेको प्रश्नको जवाफ दिनका लागि रोयल मेलले अमेरिकी अन्तरिक्ष संस्था नासालाई नै गुहार्नु प¥यो । मंगल ग्रहमा चिठी पठउनका लागि कति खर्च लाग्छ ? भन्ने प्रश्न सोधिएको बालकको पत्र पढेपछि हुलाकका कर्मचारी तथा हाकिमहरु टाउको कन्याउन बाध्य भए । अन्त्यमा जुक्ति निकालेर उनीहरुले नासा सामु यो प्रश्न पे्रषित गरे र जवाफ पाए । अनि सोही जवाफ ती बालकलाई पठाइयो । जसमा लेखिएको थियो कि मंगल ग्रहमा चिठी पठाउन ११ हजार ६०२ दशमलव २५ पाउण्ड खर्च लाग्छ । यो भनेको नेपाली रुपैयाँ १९ लाख ३० हजार जति हो ।
बालकलाई पठाइएको जवाफमा मंगल ग्रहमा पठाउने पत्रको तौलको आधारमा रकममा घट–बढ हुन सक्ने उल्लेख छ र त्यसमा पृथ्वी र मंगलबीचको दूरी ५६ करोड १० लाख किलोमिटर पार गर्नका लागि रकेटलाई लाग्ने इन्धन खर्चलगायतका खर्च जोडिएको पनि जानकारी दिइएको छ । ११ हजार पाउण्ड रकम १ सय ग्राम तौलको पत्रका लागिरहेको बताएका छन् । साथैँ मंगल ग्रहमा पठाउने पत्रको खाम बाहिर १८ हजार ४१६ वटा पहिलो श्रेणीका हुलाक टिकट तथा २१ हजार ४६६ वटा दोस्रो श्रेणीका हुलाक टिकट टाँस्नुपर्ने पनि उनले बताएका छन् । ल्यांकसायरमा आफ्नो बुवाआमा तथा दाइसँगै बस्दै आएका अलिभरले हुलाक विभागको जवाफी पत्र पाएसँगै खुसी व्यक्त गर्दै भने ओहो, निकै धेरै रकमको पो रहेछ । उत्तर दिएकोमा धन्यवद रायल मेल, पढ्दा रमाइला लाग्यो ।
मंगल ग्रहमा मुसा
छेपारो, चम्चा, अझ देवताकै अनुसार, बुद्धको मूर्ति, एक महिला अनि अहिले मंगल ग्रहमा खिचिएको तस्बिरमा मुसा भेटिएको चर्चा चलेको छ । मंगल ग्रहको गेल क्रेटरमा क्युरिओसिटी रोभरले खिचेको तस्बिरमा मुसा जस्तो आकृति देखिएको छ । ह्वाइट नामका एक व्यक्तिल नाशाले मंगलमा लिएको तस्बिर हेर्दै गर्दा एक तस्विरमा मुसा जस्तो आकृति भेटेका हुन् । दृष्टिभ्रम भएको पनि हुनसक्ने बताउँदै ह्वाइटले गेल क्रेटरको तस्बिर नियाल्दा मुसा देखिएको बताउँछन् । यो तस्बिर २७ अक्टोबरमा क्युरियोसिटी रोभरको दायाँतर्फको क्यामेरा प्रयोग गरी जमिनभन्दा ६ फिट माथिबाट लिइएको हो । एलियनको दुनियाँमा चाख राख्नेको लागि यो ठूलो मुद्दा भए पनि नाशाले यो बारेमा थप अनुसन्धान गरेका छैन । चर्चाकै कुरा गर्दा लाखौँ वर्ष पहिले मंगलमा मंगलबासी थिए भन्ने गरिन्छ । मंगलको वातावरण ह्रास हुँदै गएपछि ठूलो समूहमा मानिसहरु पृथ्वीको लाइमेरिया र एन्टान्टिस भन्ने द्विपमा आएका थिए । सो बखत पृथ्वीमा मानिसहरु अहिलेको भन्दा माथिल्लो बौद्धिक आयममा थिए । तिनै मंगलबासीले इजिप्टको पिरामिड बनाएको कथा चलिआएको छ । तिन मंगलबासीले गरेको परीक्षणले बर्मुडा ट्र्याङ्गगल भन्ने ठाउँमा अहिले पानी जहाज र विमान हराउने गरेको समेत भन्ने गरिन्छ । ती मंगलबासी र पृथ्वीबासीको पछि मिलन हुनु पुग्यो र कतिपय हाम्रा पुर्खा मंगलबासी पनि हुनसक्ने कथा निकै चर्चित छ । तर, लाइमेरिया र एन्टान्टिस द्वीप साँचै थिए भनी पत्ता भने लगाइएको छ । मंगल ग्रहमा अहिले जीवित वस्तु भेटिएका छैनन् । नाशाले करोडौँ वर्ष पनि पहिले मंगलमा जीवन रहेको तर चुम्बकीय क्षेत्रमा अचानक परिवर्तन आउँदा वायुमण्डल नष्ट हुन पुगी मंगल जीवनविहीन बनेको बताएको छ । मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा १०० गुणाले पातलो छ । साथै अहिलेसम्म इजिप्टको गिजामा रहेको पिरामिड कसरी बनाइएकोे हो भन्ने वैज्ञानिकहरुसँग कुनै जवाफ छैन ।
मगल ग्रहको यात्रा
बुहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि एक सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्येबाट तेस्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने एक सयजना व्यत्तिहरुको सूचि मंगल यात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नामक संस्थाले प्रकाशित गरेको छ । २०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स बनले तेस्रो चरणका लागि छनोट भएका १ सयजनामध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४–४जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइने छ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्ने छन् । छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ तथा एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरुको मंगल अभियानको अन्तिम १ सयमा छनोट हुन सफल भएका छन् ।
छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्याबारिधि गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुवैमा बस्दै भएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षिया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ । त्यस्तै अन्तिम १ सयजना छनोट हुने एक मात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सबानको सूचिमा उल्लेख छ । दोस्रो चरणमा पुगेका ६ सय ६० जना मानिसहरुलाई अन्तर्बार्ताको माध्यमबाट जाँच गरी १ सय जना छनोट गरिएको मार्सबानले जनाएको छ । अबको छनोट चरणमा समूह निर्माण तथा मंगल ग्रहमा रहँदा सामुहिक रुपमा जोखिम बहन गर्ने क्षमता र सीप लगायतका विषयमा केन्द्रित हुने चयनकर्ता नोर्बट क्राफ्टले बताएका छन् । साथै उनीहरुलाई पृथ्वीकै कुनै ठाउँमा मंगल ग्रह जस्तै वातावरण भएको स्थान निर्माण गरी सोही ठाउँमा मंगल ग्रहमा मानव जस्ती बसाल्ने योजना मार्स वानको छ ।
पृथ्वीका प्राणी मंगल ग्रहबाट आएको दावी
पृथ्वीमा अस्तित्वमा रहेका प्राणी तथा वनस्पतिको खास उत्पत्ति पृथ्वीमा नभएर मंगल ग्रहमा भएको अमेरिकी वैज्ञानिकहरुले दावी गरेका छन् । जीवको उत्पतिका लागि आवश्यक तत्व केवल मंगल ग्रहको सतहमा मात्र रहेकोले अहिले पृथ्वीमा रहेका जिवको विउ मंगल ग्रहबाटै पृथ्वीमा आएको दाबी ती वैज्ञानिकहरुको रहेको छ । भुर–गर्भसायनविद् स्टेभेन बेनरका अनुसार यो ब्रह्माण्डमा सुरुमा मंगल ग्रहका जिवको उत्पत्ति भएको र मंगल ग्रहबाट छुट्टिएको विशाल उल्कासँग ती जीव पृथ्वीसम्म आइपुगेका हुन । सबैभन्दा पहिले जिवकोे उत्पत्ति हुनका लागि आवश्यक ठानिएको मोलिब्डेनम तत्वको अक्सिडाइज्ड रुप मंगल ग्रहमा रहेको तथ्य नै आफ्नो दाबीलाई पुष्टि गर्न पर्याप्त रहेको जिकिर उनको रहेको छ । प्राध्यापक बेनरले आफ्नो यससम्बन्धी शोधपत्रलाई आसन्न वैज्ञानिक सम्मेलनमा प्रस्तुत गर्दैछन् । उनले मंगल ग्रहमा अहिले पनि जिवको उत्पत्ति हुनका लागि आवश्यक पर्ने वातावरण कायम रहेको हुन सक्ने विश्वास समेत गरेका छन् ।
मंगल ग्रहमा समुद्र रहेको पुष्टि
वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जीवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्ष पहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भए पनि मंगल ग्रहमा पानी अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् । तर, पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अर्बैं पहिले विशाल समुन्द्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्टच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरबौँ वर्ष पहिले मार्टिन नामको समुन्द्र रहेको सबुत फेला परेको दावी गरेका हुन् । मार्टिन नामको उक्त समुद्रले मंगल ग्रहको एक तिहाई भाग ओगटेको थियो । उक्त समुद्रको अवशेष अहिले पनि बाँकी रहेको बताइएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोधकर्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । यसैबीच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्ष पछि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दूरी तय गर्दे कीर्तिमान बनाएको छ । अघिल्लो वर्ष अगस्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउँभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँँ गएर क्युरोसिटिले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ भन्ने कुराको अध्ययन गर्नेछ ।
मंगल ग्रहमा ‘अप्रच्युनिटी’ को रेकर्ड
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘अपरच्युनिटी’ रोबटले मंगल ग्रहमा धेरै दूरीसम्म घुम्ने रोबटको रेकर्ड बनाएको छ । नासाका अनुसार आकाशिय पिण्डमा मानव निर्मित यानद्वारा यति धेरै दूरी प्रयोग गरेको यो नै पहिलो हो । सन् २००५ मा रातो ग्रह ९ मंगल ग्रहमा पुगेको रोबट सौर्य उर्जाबाट सञ्चालित छ । यसले करिब ४० किलोमिटरको दूरी पुरा गरेको छ । पूर्व सोभियत संघ रुसले पठाएको लनोखोद –२ रोबटले पूरा गरेको दूरीभन्दा नासाको योरोबटले तय गरेको दूरी धेरै हो । रोबटले ६ महिनामा ३९ किलो मिटरको दूरी पूरा गरेको समाचारमा जनाइएको छ । कैलिफोर्निया स्थित नासाको जैट प्रोपल्शन लै बोरेटरी ९ जेपीएलको मार्स एक्सप्लोरेशन रोबट प्रोजेक्टका प्रवन्धक जोन कैलासले अप्रच्युनिटिले तय गरेको दूरी उल्लेखनीय रहेको बताए । अपरच्युनिटीलाई उसले एक किलोमिटरको दूरी तय गर्दाको अध्ययनलाई ध्यानमा राखेर निर्माण गरिएको उनले बताए । अपरच्युनिटीले अब मंगल ग्रहमा ‘इंडीवर’ नामक क्रेटर खाल्टोमा खोज गर्नेछ । यसको अर्को नयाँ पिँढीको रोबोटिक प्रतिरुप ‘क्यूरोसिटी’ रोबटलाई सन् २०१२ मा छाडी सकिएको छ । यो मंगल ग्रहमा गेल नामक क्रेटरको आसपास घुमिरहेको छ ।
मंगल ग्रहबारे जानकारी
मंगल ग्रहको सतहमा धेरै मात्रामा आइरन अक्साइड भएकोले यो ग्रहको सतह रातो देखिन्छ, त्यस कारण यसलाई रातो ग्रह पनि भनिन्छ । यो सूर्यदेखि करिब २२, ७९, ४०, ५०० कि.मि. टाढा रहेको छ । दिमेस र फावोस दुईवटा उपग्रह भएको मङ्गल ग्रहको वायुमण्डलमा अक्सिजन, पानी, वाफ र कार्वनडाइ अक्साइडको बाक्लो पत्र छ । यसको व्यास करिब ६७९४ कि.मि छ । यसलाई आफ्नो अक्षको परिक्रमा गर्न २४ घण्टा २७ मिनेट २३ सेकेन्ड लाग्छ भने सूर्यको परिक्रमा गर्न ६८७ दिन लाग्छ ।
स्रोत ः विज्ञानका चामत्कारिक तथ्यहरु