देश चार दलको बपौति हो ? – छत्रबहादुर मैनाली
पछिल्लो विकसित घटनाक्रमले मुलुकको राजनीतिक अवस्था पर्ूण्ाः असफल बनेको प्रमाणित गरेको छ । दलीय व्यवस्थामार्फ् स्थापित सरकार विधिवत रुपमा अवसान भएर दलीय सञ्जालबाट राजनीतिक लिक बाहिरिएको छ । नेपालकै इतिहासमा पहिलो पटक दलीय सञ्जालबाट शासन सत्ताको बागडोर गैरराजनीतिक व्यक्तिको हातमा पुगेको छ अथवा लालायित भएर सत्ता हस्तान्तरण गरिएको छ । मुलुकको भविष्य यसै पनि अन्धकारमय छँदै थियो । पछिल्लो विकसित घटनाक्रमले मुलुक कुन दिशातर्फउन्मुख हुने हो – जुन उद्देश्य र सिद्धान्तमा वर्तमान सरकार गठन भएको छ । कुनै बिघ्न बाधा आइ परेर लक्ष्यमा पुग्न नसकी उद्देश्य प्राप्ति गर्न सकेन भने त्यतिबेला चार दलमा रहेको तालाचाबीले निकासको काम गर्ला त – तालाचावीमा खिया लागेर कामै नलाग्ने पनि त हुन सक्छ नि – निर्धारित समयको प्रतीक्षाको विषय बनेको छ । निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईले भर्खरै पत्रकारमाझ तालाचावी दलहरुकै हातमा रहेको भनाई र्सार्वजनिक भएको छ । तर, बिगतमा शासनसत्ताको चावीचाहिँ अन्तै रहेको खुलासाबीचको तारतम्य बुझन त्यति कठिन छैन । तालाचावी कसको हातमा छ भनेर, मुलुकको तरल राजनीतिक अवस्थालाई मध्यनजर गर्दै सम्पर्ूण्ा राष्ट्रवादी शक्तिहरुमा बाहृय तत्वहरुले स्वार्थअनुकूलका खेल खेल्न सक्नेतर्फझनै चनाखो हुनुपर्ने अवस्था सृजित भएको छ । आन्तरिक शक्ति विभाजनको अवस्थामा मुलुक ध्रुवीकृत भएको छ । बाहृय शक्तिले ऐक्यबद्धता देखाएर र्समर्थक देखाउँदैमा हुरहुर बलि हाल्नु ठीक होइन किनकि घरेलु असन्तोषका लप्काहरु बढ्दै गएकोतर्फविशेष ध्यान पुग्न जरुरी छ । समयमै समस्याको सम्बोधन हुन सकेन भने उत्पन्न परिस्थितिको सामना गर्न झन् कठिनाई उत्पन्न हुन सक्दछ । तालाचाबी विशेष गरेर चार दलको हातमा भन्नुको अर्थ मुलुकको कार्यकारी प्रमुख बन्न प्रधानन्याधीशलाइ चार दलको खेताला बनाएर पठाएको हो त – हतार-हतारमा चुनावी सरकारको नाम दिएर गैरराजनीतिक व्यक्तिमा गरिएको सत्ता हस्तान्तरणभित्रको रहस्य के हो – किन यस्तो आतुर पर्न गयो चार दललाई – रातारात सत्ता हस्तान्तरण गर्नको निम्ति निवर्तमान प्रधानमन्त्रीले जनतासमक्ष समस्या राख्न किन चाहनु भएन – के त्यस्तो आपद-विपद आइलागेको थियो – विगतदेखि मुलुकमा ठूला राजनीतिक दलहरु शक्तिको दुरुपयोग गर्दै राजनीतिक दम्भमा टेकेर जे-जे मन लाग्यो । त्यहीत्यही गर्दै आएको उदाहरण हामीसामु अनगिन्ति छन् । यिनका स्वविवेकले हो या प्रभुको निर्देशन मुताबिक हो । विवादस्पद दर्ीघकालीन असर पुर्याउने कर्ुकर्म गर्न उद्यत बन्दै गएका छन् । उदाहरण कै निम्ति २०५६ सालमा राष्ट्रघाती नागरिकता विधेयकलाई संसद्मा प्रस्तुत गर्नका निम्ति चोर बाटो अपनाएर अर्थ विधेयक शर्ीष्ाकमा पेस गरेर प्रभुको असल भक्त बन्ने दुष्प्रयास गरेका थिए । तर, त्यो खेलमा नराम्ररी पछारिन पुगे तिनै पात्रलगायतका नवपात्रहरु वर्तमान खेलमा सहभगी भएका छन् । ती पात्रहरु विगतदेखि नै बद्नामी कमाएर ख्यात्रि्राप्त छन् । मेची, कोशी, काली, गण्डकी, महाकाली सन्धि गरेर हुन्छ कि – बिप्पा गरेर हुन्छ, जलविद्युत्को नाममा होस् एकपछि अर्को कुकृत्यका चाङ्ग अग्लो रुपमा स्थापित बन्दै गएको छ । तत्कालीन समयमा उक्त राष्ट्रघाती नागरिकता विधेयक २०५६ प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभा हुँदै लालमोहरका निम्ति दरबारमा पेस भएको विधेयक उपर तत्कालीन प्रजातन्त्रवादी राजा वीरेन्द्रले पहिलो पटक सर्वोच्च अदालतको राय लिनु परेको थियो । सर्वोच्च अदालतले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिकुल भन्ने ठहरका साथ राय पेस गरेको थियो । त्यसकारण उक्त नागरिकता विधेयक पास हुन नसकेर थन्किन पुगेको थियो । ठूला दल हुँ भन्ने दम्भभीरुहरुले दरबारको उक्त कदमप्रति चुनौती दिँदै कटाक्ष गरेका थिए । त्यसको केही समय लगत्तै नेपालको इतिहासमा कहालीलाग्दो दरबार हत्याकाण्ड घटना घट्न पुगेको थियो । यसकै सेरोफेरोमा ग्रयाण्ड डिजाइन शब्दको जन्म भएको हो । त्यो ग्रयाण्ड डिजाइनकर्ताको थियो – आजसम्म गुमनाम छ । किन त्यो शब्द पटक-पटक उच्चारण हुन पुग्यो – न त कुनै पत्रकार, लेखक आदिले खोज तलास गर्ने प्रयास गरे न त सम्बन्धित निकायबाटै सोधखोज भयो त्यो त्यतिकै बिलाप भएर गएको अवस्था हो । प्रजातन्त्रको नाममा नक्कली खोल ओढ्नेहरुलाई बेलैमा चिन्न नसक्नु हाम्रो पनि ठूलै भुल थियो । असली प्रजातन्त्र अझै स्थापित हुन सकेको छैन । आयातित प्रजातन्त्रको पक्षपोषण गर्दाको परिणाम हो । आजको मुलुकको दर्ुगति, २००७ देखि वर्तमानसम्म प्रजातन्त्रको लागि लडेर योगदान पुर्याएको भनेर जति डुग्रे पनि वास्तविक प्रजातन्त्र स्थापना गर्न सिन्कोसम्म भाँचेका छैनन् । यदि वास्तविक प्रजातन्त्र स्थापनका निम्ति लडेका भए आज यो दिन हामीले देख्न नपर्ने थियो । यस्तो दर्ुदशा भोग्नु नपर्ने थियो । मुलुकले उहिले काँचुली फेरेर आत्मनिर्भर बनिसक्थ्यो । तर्सथ, नेपालमा अझै पनि वास्तविक प्रजातन्त्र स्थापना भएको छैन । वास्तविक प्रजातन्त्र स्थापना नभएसम्म मुलुकले राजनीतिक निकास नपाएर अनन्त कालसम्म मुलुक यथास्थितिमा रहने पक्का छ । चार ठूला दलका बिल्लाधारीहरुले मुलुकलाई दर्ुगतिमा पुर्याएर निकास दियौँ भन्नु आफैँमा हास्यास्पद छ । किनभने वास्तविक निकास त्यतिबेला हुन्थ्यो । जुनबेला सबै तह तप्कालाई समेटेर बृहत् सरसल्लाह, सहमति कायम गरेर निष्कर्षा पुगेको भए मान्न सकिने आधार तय हुन्थ्यो । अहिले कुनै आधार नै देखिँदैन । सहयोग र र्समर्थकका निम्ति नपाउनेले के पायो बोक्रासहित चपायो भनेजस्तै भएको छ । लोकतन्त्र प्रजातन्त्रको चिरहरण भइसकेपश्चात पनि निसंकोच भन्दै छन् । जे गर्यौँ ठीक गर्यौं भनेर यिनका क्रियाकलाप हर्ेदा, लाग्दछ यो देश यिनै चार दलको बपौती हो चार दलले जे निर्ण्र्ाागर्यो, त्यसलाई चित्त नबुझे पनि जबर्जस्ती शिरोधार गर्ने नै प्रजातन्त्र हो । यस्ता पात्रहरुबाट अझै सुधारका आशा गरिबस्नु हामी कति मर्ूख बन्दै गएका छौँ – एक पटक छातीमा हात राखेर मातृभूमिलाई साक्षी राख्दै समीक्षा गर्यौं भने यथार्थता पुग्ने छौँ । जबर्जस्ती गरिएको निर्ण्र्ाास्वीकार्न भनेको आफ्नो मानवअधिकार आफैँले हनन गर्न होइन र – चार दलबाहेकका दलहरु आमर्सवसाधारण राजनीतिक निष्ठा नठान्नेहरु यो देशका नागरिक होइनन् – यस्तो कोरा खोस्टोलाई केको आधारमा सहमत जनाउनु पर्ने हो – यहाँ थप गर्नुपर्ने विषय यो पनि छ कि देश र जनताको लागि गर्र्छौं भनेर जीवन आहुति दिँदै लडेर आएको एकीकृत नेकपा माओवादी पार्टर्ीीेतृत्वले देश र जनतालाई नराम्री भड्खालोमा जाकेको छ । दुनियाँलाई नक्कली सपना बाँडेर लोकतन्त्रको पर्यायी बन्न कुन नैतिकताले दिँदैछ – त्यसको सेरोफेरोमा पछिल्लो समयमा एजेण्डाविहीन बन्दै पिँध नभएको लोटा जसरी जता ढल्कायो उतै ढल्किने काँग्रेस, एमाले पनि नराम्ररी भासिन पुगेका छन् । अब बल्ल यिनका चेत खुला कि – देश र जनतालाई ढाँटेर गरिएको कपटपूण राजनीतिको परिणाम आज हामीले भोग्दै छौँ । प्रजातान्त्रिक पद्धति, दलीय व्यवस्था अपनाएको मुलुकमा यस्ता घटना घट्नु अप्राकृतिक नै हो । सम्भावना रहेसम्म एकले अर्कोको कटाक्ष गर्ने नछाड्ने अनि सहमति हुन सकेन भन्यो भइहाल्यो । यो वृद्ध उमेरमा पनि सहमति कायम नभएपछि कुन जुनीमा हुने हो । अब कुनै ठेगान छैन । यहाँ व्यक्ति विशेषभन्दा पनि प्रजातन्त्रको अस्तित्वको प्रश्न मुख्य हो । कुनै व्यक्ति विशेष मुलुकको कार्यकारिणी प्रमुख सर्वोच्च तहमा पुग्नु नौलो विषय होइन । तर, विचार, पद्धति, सिद्धान्तलाई आधार मानेर हेने हो भने विपरित धारमा भएका जति पनि राम्रा नराम्रा क्रियाकलाप अप्रजातान्त्रिक, एकात्मक अभ्रि्रायले अभ्रि्रेरित नै हुन् । हुन त काल्पनिक संसारमा ढुङ्गालाई मार्दा देवता हुन्छ भने जस्तो आजको समय त्यस्तो रहेन । प्रजातन्त्रमा विश्वास राख्ने जोकोहीले स्वीकार गर्न सकिने विषय होइन । वर्तमान परिदृश्य, प्रजातन्त्रको चिरहरण गराएर हामीले ठूला काम गर्यौँ भनेर नाकको पूरा फुल्याउनु भनेको तिहारमा सेलरोटी पकाउन सोडा मिसाएर पकाएको सेल रोटी जस्तै हो ।