नेपाली राष्ट्रिय स्वाधिनताको आन्दोलनमा हृयुगो चाभेजबाट के सिक्ने ? – हुकुमबहादुर सिंह
नेकपा-माओवादीले नेपालमा राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई वर्तमान आन्दोलनको केन्द्रविन्दुमा राखेको छ । नेपालमा हुने जनविद्रोहको बलियो आधारमध्ये एक यही राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई लिएको छ । हुन पनि हो नेपालमा राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई सफल नबनाइ यो देशको अर्थतन्त्र, राजनीतिआदिमा विकास, प्रगति र उन्नती केबल भाषण र कुरामात्रै हुन््, देशको अस्तित्व नै खतम पारेर भए पनि सत्तामा रहन चाहने नेताको बाहुल्यता भएको नेपालमा राष्ट्रिय स्वाधिनताको आन्दोलन त्यति सजिलो छैन् । तै पनि नेपालजस्तै वैदेशिक हस्तक्षेपको मारमा पर्दै आएको ल्याटीन अमेरिकी देशका राष्ट्रपति हृयुगो चाभेजले नेतृत्व गरेको भेनेजुयलाको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई उनले अमेरिकी साम्राज्यवादको नाकैमूनी बसेर कसरी प्रभावकारी रूपले अगाडि बढाए भन्नेबारे ल्याटीन अमेरिकी देशहरू र नेपाल लगायत दक्षिण एशियन देशहरू एक वा अर्को प्रकारले साम्राज्यवादी उत्पीडनबाट सताइएका देशहरूका लागि महत्वराख्ने विषय भएका छन् । हुनत चाभेजको निधन भएको छ तर राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि नेपालजस्ता देशले सिक्नु पर्ने अनेक महत्वपूर्ण पाठहरू छन् ।
नेपाल इतिहासदेखि भारतीय विस्तारवादको हैकमका विरूद्ध लडदै आएको छ । तर वारम्वार यो देशका राजनीतिक दलका नेताहरू एक समय उग्रराष्ट्रवादी देखिन्छन् तर केही समयपछि तिनै भारतीय शासकवर्गसंग घाटी जोडन पुगेका अनगिन्ति उदाहरणहरू छन् । दश वर्से जनयुद्धका नायकमध्ये बाबुराम र प्रचण्डले कसरी र किन भारतीय विस्तारवादका अगाडि आत्मसमर्पण गरे ? भन्ने प्रश्नभित्र चाभेजले लिएको अमेरिकी साम्राज्यवाद विरूद्धको लडाईले नेपाली देशभक्तहरूका लागि काफी महत्व राख्छ र चाभेजको साम्राज्यवाद विरोधी समझौताहीन क्रान्तिकारी जुझारूपनबाट नेपालका देशभक्तले खासगरी नेपालमा राष्ट्रिय स्वाधिनताको आन्दोलनका लागि अगाडि बढने निर्णय गरेको नेकपा-माओवादीले सिक्न सक्ने र सिक्नै पर्ने अनेकौ पाठहरू छन् । बास्तवमा हृयूगो चाभेजको शासनकालमा भेनेजुयलाको तेल सम्पदालाई त्याहाँका गरीब जनताको फाइदाका लागि र क्षेत्रीय स्तरमै मित्रहरूलाई साथ लिन उपयोग गरे
भेनेजुयलाको आजाद शत्रु अमेरिका हो, जसरी नेपालको आजाद शत्रु भारत रहदै आएको छ । मदुरोले भने ँ अमेरिका जो हाम्रो मात्रीभूमिको एतिहासिक शत्रु हो’ जसले धेरै पटक चाभेजलाई सत्ताच्यूत गर्ने असफल प्रयास गर्यो । त्यसै कारण दुइ जना अमेरिकी राजदुतलाई समेत भेनेजुयलाले देश निकाला गरेको थियो । भेनेजुयलामा २०१०देखि अहिलेसम्म अमेरिकी राजदुत छैन् र २००६मा अर्को अमेरिकी सैनिक अधिकृतलाई समेत निस्काशन गरेको थियो । उनले अमेरिकालाई जासुसी गरेको, देशमा अस्थिरता ल्याउन खोजेको भनेर अमेरिकी हवाइ सैनिक अटयाचीलाई समेत देश निकाला गरे । २००२को अमेरिकी सहयोगमा गरिएको सैनिक कूँलाई चाभेजले निस्तेज पारेका थिए र करीब १४ वर्षसम्म त्याहाँ एकछत्र शासन गरे । तर उनको निधनपछि त्यहाँका अमेरिकी दलाल प्रतिपक्षी नेता क्याप्रीलेस चाही अहिले अमेरिकामा छन् । अमेरिकी साम्राज्यवादका दलालहरूले यो अवस्थामा अमेरिकामा बसेर सरसल्लाहा गरिरहेका छन् । जसरी नेपालका भारतीय दलालहरू भारतको दिल्ली र काठमाण्डौको लाजिम्पाटमा त्यस्तै खालका सरसल्लाहका लागि धाइरहन्छन् ।
चाभेजलेेे देशलाई समाजवादी विचारमा लैजान जो अथक संघर्ष गरे, त्यसबाट साम्राज्यवाद विरोधी संघर्षका लागि थप उर्जा प्रदान गर्दछ । उनले आफूलाई १९सौ शताब्दीका स्वतन्त्रता सेनानी सिमोन बोलिभरका अनुयायी प्रमाणित गरेर देखाए र आफ्नो देशलाई भेनेजुयलाको बोलिभियन गणतन्त्र बनाए । १४ वर्षको शासनमा उनले भेनेजुयलालाई वामपन्थी राजनीति र समाजवादी कार्यक्रम र राष्ट्रवादी तरिकालाई स्थापित गरे । उनले आफ्नो देशको तेल सम्पदालाई सामाजिक कार्यक्रमका लागि प्रयोग गरे । जसमा राज्यद्धारा सञ्चालित खाध्य बजारको सञ्चालन, जनताका लागि नयाँ घरहरूको निर्माण, निसुल्क स्वास्थ्य क्लिनिकहरूको स्थापना र निशुल्क शिक्षाका कार्यक्रमहरू छन् । उनको समयमा देशमा गरिबीको दर घटेको र तेलद्धारा ऐतिहासीक फाइदा भएको छ । भेनेजुयला जो विश्वको तेलभण्डारणका लागि प्रशिद्ध छ, त्यसलाई देश र जनताको उन्नती र प्रगतिका लागि उपयोग गरेर अमेरिकी साम्राज्यवाद जसले तेलभण्डारमाथि आफ्नो वर्चश्वका लागि नै विश्वभर युद्ध चलाएको छ, उसलाई चाभेजले उनको जीवनभर ललकार्ने काम मात्रै गरेनन्, आखिरमा क्रान्तिकारी भएरै विते । चाभेज बोलिभरका अनुयायी रहे, जसले दक्षिण अमेरिकालाई स्वतन्त्र गराएभने चाभेज क्युबाका भूतपूर्व राष्ट्रपति फिडल क्याष्ट्रोद्धारा पनि प्रभावित थिए । जसरी फिडल क्याष्ट्रो अमेरिकी साम्राज्यवादका विरूद्ध उनको अन्तिम अवस्था सम्म संघर्षरत रहेका छन्, त्यसैगरी फिडल क्याष्ट्रोले जस्तै चाभेजले पनि अमेरिकी तरिकाको पुँजीवादका विरूद्ध लेटिन अमेरिकाभरमात्रै नभई टाडाका शक्तिसम्पन्न देशहरू रसिया, चाइना र इरानसंग मित्रता बढाए । फिडल क्याष्ट्रोदेखि अर्जेन्टिनामा जन्मेका अर्का विद्रोही नेता चेग्वभेराका क्रान्तिकारी दुतहरूजस्तै चाभेजले पनि त्यो व्यक्तित्व कायम गर्न सफल भए । चाभेजले आफ्ना समर्थकहरूलाई २०११मा यसरी भनेका थिए ँ यहि मार्ग होः कठिन, लामो मार्ग, शंकैशंकाले भरिएको, गल्ती र कमजोरीले भरिएको, तीतो र टर्रोले भरिएको तर यहि नै मार्ग हो ।’ ँयो मार्ग भनेकोः समाजवाद’ हो ।
२००६मा स.रा.सं.मा गरेको उनको भाषणमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्जबुशले सम्वोधनगर्दा उभिएको मञ्चलाई देखाउँदै ँकस्तो गन्धककोजस्तो दुगृन्ध फैलाएको’ भन्दै उनलाई राक्षेस भनेका थिए । २००७को समिटमा उनले स्पेनिस प्रधानमन्त्री जोसे मारियालाई फासिष्ट भन्दै ँतिमी आफ्नो मुख किन बन्द गर्दैनौ?’ भनेर सभामा नै झपारेका थिए । किनभने बोलिभर र अन्य बोलिभियन बीरहरूले स्पेनिस फासिष्ट शासनबाट देशलाई मुक्त गराएका थिए
चाभेज ४४ वर्षको उमेरमा उनी ५६ प्रतिशत भोट लिएर देशकै पहिलो युवा राष्ट्रपति बने । १९९९को फरवरीमा जव अफिसमा बसे उनको पहिलो काम त्यहाँको संविधानको निर्माण गर्ने भयो । त्यसमा उनले अनगिन्ति परिवर्तन गरे जसमा देशको नाम बोलिभियन गणतन्त्र भेनेजुयला राखे र आफ्नो कार्यकाल ५वर्षबाट ६ वर्ष बनाए । जब उनले २००२मा क्युबासंग समवन्ध बढाउन थाले, त्यसले उनका मध्यम वर्गीय समर्थकहरू, जसले उनलाई निर्वाचनमा मत दिएका थिए, रिसाए र त्यसपछिका केही वर्षसम्म उनलाई सत्ताबाट हटाउन अनेक प्रयास गरिए । सर्वप्रथम उनले तेलमाथिको अमेरिकी आधिपत्य खतम पार्ने कार्यको थालनी गरे र त्यसका लागि सर्वप्रथम उनले विरोधीका हडतालमाथि नियन्त्रण गरे जसले देशको तेल उद्योगलाई प्यारलाइज गराएको थियो र राज्यका तेल कम्पनीका कर्मचारीमध्ये हजारौलाई नोकरीवाट निस्काशन गरे । अमेरिकी सरकारको हैकम हटाउन उनले राजनीतिक र व्यापारका नयाँ सहयोगी बनाए जसले अमेरिकालाई भेनेजुयलाबाट विस्थापित गर्न सक्दथिए । र यसका लागि उनले इरान र सिरियालाई ठूलो पैमानामा देशभित्र ल्याए किनभने ती अमेरिका विरोधी थिए । अमेरिकासंग नराम्रो सम्वन्ध हुँदाहुँदे उनले भेनेजुयलाको तेल विक्रिलाई चाही रोकेनन् कायम राखे । सरकारको कदममा साथ दिने राष्ट्रवादी पुँजीपतिहरूलाई उनले ँ बोलेभियन पुँजीपति’ भन्ने नामाकरण गरे । २००६को निर्वाचनपछि चाभेजले ँबहु-ध्रुवीय विश्व’का लागि आव्हान गर्दै अमेरिकी दवावबाट मुक्तिकोलागि घोषणा गरे । उनले यसलाई एउटा अन्तराष्ट्रिय एजेण्डा बनाएर अगाडि ल्याएका थिए । उनले चीनसंग तेलजहाजको कारोबारलाई बढाए, इरानसंग संयुक्त उद्योगहरूका लागि सम्झैाता गर,े जसले देशमा टयाक्टर र कारको उत्पादन गर्दथे र रसियासंग हथियार सम्वन्धी सम्झौता गरे जसका कारण एजल्ट राइफल्स, हेलीकेप्टरहरू, र लडाकु जेटहरू खरिद गर्न सकियो । साथै लेटिन अमेरिकाभरका देशहरूसंग एलाइन्सेज निर्माण गर्नेमा ध्यान केन्द्रीत गरे र क्षेत्रीय-वामको नयाँ शक्तिका लागि पहल गरे । उनकै साम्राज्यवाद विरोधी लहरका कारण उनका मित्रहरू नै बोलिभिया, इक्वोडर, अर्जेटिना र अन्य देशहरूमा निर्वाचित हुँदै गए । उनले क्यारेवियन देशहरूसंगको मित्रतालाई उनीहरूलाई सस्तोमा तेल दिएर र इजराललाइ पनि मद्त गर्दै प्यालेटिनी जनताको न्यायपुर्ण संघर्षको पनि समर्थन गर्दै रहे र इरानको आणविक अधिकारको समर्थन गर्दै रहे । यी सबैमा चाभेजले जोड दिएका थ्एि कि ँसाम्राज्य’-झउष्चभ)संग सम्भावित संघर्षका लागि तयारी आवश्यक थियो । उनको अर्थ अमेरिका साम्राज्य थियो ।
के यो नेपालका राष्ट्रवादी तथा क्रान्तिकारीका लागि सम्भव छैन् ? वर्तमान रेग्मी सरकार जो भारतीय रणनीतिक डिजाइनमा गठन गरिएको छ, त्यसका विरूद्धको संघर्षलाई उचाइमा उठाउदै भारतीय विस्तारवादका विभिन्न दलालहरू जो अहिले नोकरशाहाका रूपमा अगाडि आएका छन् तिनका विरूद्धको चौतफिर् हमला बोल्नु जरूर भिएको छैन् । वर्दियाका जनताले जे जसरी संघर्षलाई उचाइमा उठाउन थालेका छन्, त्यसै गरी नेपालभरी भारतीय दलालका कुकीर्तेको भण्डाफोर र तिनका अवैधानिक समपत्तिमाथिको जनतको स्वामित्व गर्दै अघि बढनु आवश्यकछ । नेपालीका लागि भारतीय दलालहरूमाथिको कार्यवाही नै चाभेजको अभियानको एउटा हिस्सा हुन सक्छ ।
जगपumकष्लनजद्दण्ज्ञद्द२थबजयय।अom ।