कठपुतली सरकारको निर्वाचनले हावा खायो – हस्तबहादुर के.सी.
विश्व साम्राज्यवाद र भारतीय विस्तारवादका नेपाली दलालहरूले खडा गरेको कठपुतली सरकारको निर्वाचनले हावा खाइसकेको छ । असारको पहिलो साता भित्र चुनाव सम्पन्न गर्ने भन्दै ती दलालहरूले कठपुतली न्यायधिश सरकार बनाएका थिए । चुनावको खुबै झ्याली पिटेका थिए । । दलालहरूका महापुरुषहरू अमेरिका, भारत, चीन लगायतका साम्राज्यवादी तथा विस्तावरवादी राष्ट्रहरूले सरकार बनेको एकाविहानै कठपुतली सरकारलाई बधाईदिन तछाड मछाड गरिरहेका थिए । अहिले निर्वाचन आयोग, चार दलीय सिन्डीकेट र स्वयं कठपुतली सरकारले समेत असारमा चुनाव, गराउन नसकिने घोषणा गरिसकेको छ र कार्तिक/मंसीर सम्म गराइन्छ, भन्ने पुगेका छन् ।
कुरा साँचो हो, कार्तिक/मंसीरमा पनि चुनाव हुने वाला छैन । किनभने यो सरकारले १ महिना भित्रै हावा खाइसकेको छ । नेकपा-माओवादीको नेतृत्वमा गोलबन्द हुन पुगेका करीव ५० राजनीतिक दलहरूका कारण यो कठपुतली सरकाले हावा खाएको हो । सडक संर्घष्ाको विविध कार्यक्रमहरू सहित नेपालबन्दल सम्म र नेकपा-माओवादीले निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गर्न गाउँगाउँमा पसेको कर्मचारीहरूको टोलीलाई देशव्यापी रूपमा लखाटीदिए पछि यो नौटंकी सरकार हावा खाना बाध्य भएको हो । अहिले दलालहरू यो पनि भन्न थालेको छन् कि कार्तिक/मंसीरमा चुनाव नभए चैत्रसम्म गर्न सकिनछ । यसबाट यो पनि प्रमाणित भएको छ कि अर्काको इसारामा नाच्नेहरूको हवीगत यस्तै हुँदो रहेछ ।
यहाँनेर बुझ्नु पर्ने कुरा के हो भने, कठपुतली सरकार कसरी बन्यो, किन बन्यो – यसको योजनाकार र सूत्रधार को थियो – भन्ने कुरालाई ध्यान दिनु पर्ने हुन्छ । यो खिलराज रेग्मीको नेतृत्वमा नेपालमा कठपुतली सरकार निर्माण गर्ने पहिलो योजनाकार अमेरिकी साम्राज्यवाद हो र ह्वाइट हाउसमा बसेर यसको समग्र योजना बनेको हो । यसलाई भारतद्वारा कार्यान्वयन गर्न लगाइयो । भारतीय विस्तारवादले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई आदेश र निर्देश्ान दियो । बाबुराम भट्टर्राईले हेटौँडा महाधिवेशनको हलबाटै एमाओवादी अध्यक्ष प्रचण्डलाई एउटा सूत्र भेटियो भनेर फुक्न लगाइयो । यो खबरले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तरंग पैदा गरिदियो । । त्यतिवेलासम्म कांग्रेस र एमाले कहाँ अमेरिका र भारतबाट खबर आईपुगेको थिएन । त्यसोभएर कांग्रेस र एमालेले शुरुमा ठूलो स्वरले त्यसको विरोध गरेका थिए । तर पछि ह्वाइट हाउस दरबार र दिल्ली दरबारबाट फोन आए पछि एमाले-कांग्रेस पनि सहमत भएपश्चात एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका बीच चारदलीय सिन्डीकेट बन्यो र नेपालको अन्तरिम संविधान बृहत शान्ति सम्झौता लगायत सबै संवैधानिक व्यवस्थ्ाालाई च्यातचूत पारेर चारदलीय सिन्डीकेटका आधारमा मुलुकलाई जबरजस्त गम्भीर संकटमा धकेल्न राष्ट्रपतिलाई उक्साइयो र खिलराज रेग्मीको नेतृत्वमा नौटंकी कठपुतली सरकार निर्माण हुनपुग्यो ।
प्रश्न उठ्छ, यो कठपुतली सरकार किन बनाइयो त – यसको प्रष्ट जवाफ के हो भने नेपालका यी राष्ट्रघाती तथा जनघाती चार दलहरू चार चार वर्षम्म लागेर पनि संविधानसभाबाट नयाँ संविधान बनाउन सकेनन् । यी दलाल दलहरू असफल भए । यिनीहरूलाई असफल बनाएर नेपालमा नयाँ संविधान बनाउन नदिने र नेपाललाई गम्भीर संकटतिर धकेल्ने र राजनीतिक अस्थिरता र अन्यौलता पैदा गराइ दिएर नेपाललाई असफल राष्ट्रको रूपमा पुर्याईदिने योजना अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको रहदै आएको थियो । परिणाम तः यी चार दलाल राजनीतिक दलहरू असफल भए पछि आफ्नो कठपुतली सरकारको रूपमा खिलराज रेग्मीलाई एउटा घृणित पात्रको रूपमा नेपालमा उभ्याइएको हो । यो नेपालको राजनीतिक इतिहासमा एक लज्जास्पद र घृणाप्रद परिघटना हो यो । किनभने कुनै तानाशाही वा अधिनायकवादी शासकहरूले सत्ता विप्लव गरेर वा “कू” गरेर दलहरूमाथि प्रतिवन्ध लगाउने, मुलुकको सम्पूण् राजकीय अधिकार आफ्नो हातमा लिएर तानाशाही तथा अधिनायकवादी एव्ं फाँसीवादी शासन चलाएका उदाहरणहरू त विश्वमा थुप्रै छन् तर राजनीतिक दलहरूले नै एउटा स्व्ातन्त्र व्यक्ति त्यो पनि सरकारी जागिरेलाई सम्पर्ूण्ा शासनसत्ता सुम्पेर मुलुकलाई निर्दलीयतातिर धकेलिदिएर तानाशाही एवं अधिनायकवादतिर मुलुकलाई पुर्याएको विश्वकै यो पहिलो परिघटना हो । त्यसैले त नेकपा-माओवादी र नेपाल बार यसोसियसानले समेत २०६९ चैत्र १ गतेको दिनलाई कालो दिनका रूपमा परिभाषित गरि दिएका छन् । र एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा नेपालको राजनीतिक इतिहासमा नालायक, निकम्मा, असफल र इतिहासमै कुलंगार र घृणित पात्रको रूपमा खडा हुन पुगेका छन् ।
कुरा के साँचो हो भने कथित नयाँ संविधानसभाको निर्वाचन गराउने कार्यमा खिलराज रेग्मीको कठपुतली सरकारले मात्रै हावा खाएको छैन । यो राष्ट्रघाती तथा जनघाती चार दलीय सिन्डीकेटले समेत पनि हावा खाइसकेको छ । किनकि यिनीहरूले असारमा त चुनाव गराउन सकिन्न भनेर आफैँले घोषणा गरिसकेकाछन् । उनीहरूले कार्तिक वा मंसीरमा चुनाव गराउन सक्ने वाला छैनन् । किनभने नेकपा-माओवादी लगायत मुलुकको करीव ५ दर्जन जति राजनीतिक दलहरूलाई सामेल नगराएर यो चुनाव हुदै सक्तैन । तर चैत्र १ गतेको राष्ट्रघाती-जनघाती एवं असंवैधानिक कदमको खारेज गरेर गोलमेच सभाद्वारा संयुक्त राष्ट्रिय सरकार निर्माण गरेर मुलुकको अग्रगामी निकासको बाटो नपहिल्याएसम्म माओवादी समेतका राजनीतिक दलहरू कठपुतली सरकारले तयार पारेको चुनावको कुनै पनि प्रक्रियामा सामेल हुने छैनन् । त्यति मात्र होइन अव चार दलीय सिन्डीकेट भित्र पनि व्यापक अन्तरविरोध उत्पन्न भइरहेको छ । त्यहापनि छिटै विखण्डन आउने कुरा निश्चित छ र कार्तिक/मंसीरसम्ममा त मुलुकको राजनीतिक परिस्थिति पनि धेरै माथि पुगी सक्ने छ । र यो कठपुतली सरकारका चुनावी नाराहरू त फिका सावित भइसकेका हुनेछन् । यो तरिकाले त अव नेपालमा संविधानसभाको चुनाव हुनै सक्तैन । एउटै मात्र विकल्प नेकपा-माओवादीले अगाडि सार्दै आएको गोलमेच सभा माध्यमबाट मात्र नयाँ संविधान बन्न सक्छ । मुलुकलाई यो बाटोबाट पनि प्रवेश गर्न दिइएन भने मुलुक पुनः एक पटक गृहयुद्धमा परिणत हुनेछ र नेपाली क्रान्तिको बाटोलाई फराकिलो तुल्याइदिनेछ । तथापी नेपाल्ाी क्रान्तिले मात्र मुलुकको संकट समाधान गर्नेछ । । हावा खाइसकेको कठपुतली सरकारले चुनाव गराउला र मुलुकको संकट मोचन होला भनेर कल्पना गर्ने जमाना गइसक्यो ।