विवादास्पद निर्णय खारेज गर – राजेन्द्र चिमौरिया
चार राजनीतिक दलको राजनीतिक एकाधिकारको अनुशरण गर्दै सरकारको नेतृत्व गर्न पुगेको खिलराज रेग्मी नेतृत्वको सरकारले नेपाली सेनालाई हतियार खरिद गर्ने अनुमति दिने निर्णय गरेर गम्भीर त्रुटि गरेको छ । मुलुक दिनप्रतिदिन राजनीतिक रुपले संकटग्रस्त बन्दै गइरहेको सर्न्दर्भमा मुलुकलाई सही बाटोमा ल्याउन दत्तचित्त भएर लाग्नुपर्ने सरकार आफैँ विवादास्पदनिर्णय गर्नेतिर उद्यत हुनुले सरकार संकटको समाधान गर्नुभन्दा संकट निम्त्याउन उद्यत छ भन्ने प्रस्ट हुन्छ । चार दलको राजनीतिक एकाधिकारको शिकार भएको सरकार सबै दललगायत नागरिक समाजको सल्लाह, सुझाव लिई संकट समाधान गर्नेतिर उद्यत हुनुपर्नेमा देश र जनतालाई घात हुने निर्णय गर्दै अगाडि बढ्नुले उसको नियतप्रति शंका गर्नुपर्ने स्थिति पैदा गराएको छ । वर्तमान समयमा सरकारले सबै दलहरुलाई कसरी हुन्छ, एकजुट गर्राई संकट निकासको लागि दलहरुलाई नै अग्रसर गराउनुपर्नेमा चार दलीय सिन्डिकेटको सिकार बन्दै चार दलकै निर्देशन र नियन्त्रणमा अगाडि बढ्नुले अनिष्टभन्दा केही निम्त्याउँदैन । देशको वर्तमान राजनीतिक संकटको निकास खोज्ने प्रमुख जिम्मेवारी दलहरुकै हो । यस यथार्थतालाई मध्यनजर गर्दै वर्तमान खिलराज रेग्मीको सरकार अगाडि बढ्नुपर्छ । किनकि केही दललाई काखी च्यापेर अन्य दलहरुलाई पाखा लगाएर वर्तमान संकटको समाधान हुन सक्दैन । यदि खिलराज रेग्मीको सरकारले दलहरुलाई आपसमा लडाएर आफ्नो दुनो सोझयाउने बाटो अँगाल्न खोजेको हो भने त्यो भविष्यमा उनलाई नै आत्मघाती हुने निश्चित छ । तर्सथ, वर्तमान सरकारले देश र जनतालाई घात पुग्ने कुनै पनि निर्ण्र्य गर्नु नाजायज हो । वर्तमान सरकारले देशको राजनीति संकट समाधानका लागि कसरी हुन्छ, सबै दलहरुलाई एकजुट गराएर छलफल र बहसमा ल्याउनुपर्छ । र, दलहरुकै छलफल र बहसबाट निस्किएकोनिर्णय आत्मसात गर्दै सरकारको बागडोर छिटोभन्दा छिटो दलहरुलाई नै सुम्पने काममा लाग्नुपर्छ । जसबाट देश, जनता र स्वयम् वर्तमान सरकारको साखसमेत बच्छ ।