भेनेजुयलाको राजनीतिक भविष्य र राष्ट्रपति मादुरो – छत्रबहादुर मैनाली
दक्षिण अमेरिकी मुलुक भेनेजुयलाका निवर्तमान राष्ट्रपति हुगो राफाएल चाभेज प्रिmआसको गत ५ मार्च २०१३ मा राजधानी काराकासमा मृत्यु घोषणा पश्चात विश्वव्यापी रूपमा भेनेजुयलाको राजनीतिक भविष्य के हुने भन्नेबारे बहस चल्दै आएको थियो । निवर्तमान राष्ट्रपति हुगो चाभेजको निधनपश्चात मुलुकको शासन सत्ताको जिम्मेवारी उपराष्ट्रपति निकोलास मादुरोको काँधमा पुगेको थियो । उत्पन्न संवैधानिक जटिलताका बीच १४ अप्रिल २०१३ का दिन पुनः राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । चुनावी मैदानमा अन्तरिम राष्ट्रपति युनाइटेड सोसलिस्ट पार्टर्ीीट निकोलास मादुरो र ११ जुलाई १९७२ मा काराकसमा जन्मेका मिरान्दा स्टेटका गभर्नर प्रजातान्त्रिक समूहका एनरिक काप्रिलेसबीच कडा प्रतिस्पर्धाबीच सम्पन्न निर्वाचनमा अन्तरिम राष्ट्रपति निकोलास मादुरोले कुल खसेको मत १४,९८३,९५३ मध्ये ७,५७५,७०४ -५०.७८) प्रतिशत मत प्राप्त गरी बिजयी बन्न पुगेका छन् भने प्रतिद्वन्द्वी प्रजातान्त्रिक समुहका एनरिक काप्रिलेसले कुल खसेको मत मध्य ७,३०२,६४८ -४८.९५) प्रतिशत प्राप्त गरी हार बेहोर्न पुगेका छन् । तर, यो मत परिणामलाई एनरिक काप्रिलेसले स्वीकार गरेका छैनन् । निर्वाचन आयोग समक्ष पुनः मत गणनाको माग गरेका छन् । मत परिणाम र्सार्वजनिक भए देखि नै राजधानी काराकसलगायत अन्य सहरहरूमा काप्रिलेस र्समर्थकहरू सडकमा उत्रिएका छन् । साथै यो मत परिणामलाई उनका र्समर्थकहरू मान्न तयार छैनन् । १५ अप्रिल २०१३ मा थाल ठटाएर सांकेतिक जुलुसबाट सुरु गरिएको विरोध कार्यक्रमले हिंसात्मक रूप लिन थाले पछि नवनिर्वाचित राष्ट्रपति निकोलास मादुरोले एनरिक काप्रिलेसलाई पक्राउ गरिनेछ भनी र्सार्वजनिक गरे लगत्तै पर््रदर्शनकारी झन् उत्तेजित हुँदै विरोधका कार्यक्रम संचालन गरिरहेका छन् । राष्ट्रपतीय पदको चनावी मैदानमा अन्य छ दलका उमेदवारले उम्मेदवारी दिएका थिए । विशेष गरेर चुनावी मैदानमा निकोलास मादुरो र काप्रिलेसबीचको चर्चा शर्ीष्ास्थानमा थियो । चुनाव प्रचार-प्रसारको क्रमदेखिनै एकआपसमा आरोप-प्रत्यारोप, गालीगलौज सुनी नसक्नु थियो । राष्ट्रपति निकोलास मदुरोले प्रतिद्वन्द्वी कप्रिलेसप्रति लक्षित गर्दै पुँजीपति बर्गको राजकुमार, मनमौजी आदि विशेषण दिँदै मतदाताको मन जित्ने प्रयास गरेका थिए भने प्रतिउत्तरमा काप्रिलेसले राष्ट्रपति मदुरोलाई सैतान, चराको जस्तो दिमाग, फटाहा, महामर्ुख आदि विशेषणले उत्तर दिएका थिए । चुनाव प्रचार-प्रसारको क्रममा राष्ट्रपति निकोलास मादुरोप्रति राज्यको ढुकुटी, स्रोत साधन दुरूपयोगको आरोप लागेको छ भने मतदानको दौरान दर्ुइ पक्षबीच ठाउँठाउँमा भिडन्त भएको थियो । बुथ कब्जा गर्ने, मत पेटिका गायब गरेको आरोप काप्रिलेस पक्षले लगाउँदै आएको छ । विश्वभर रहेका ८८ देशका कुटनीतिक नियोगमार्फ् त्यहाँ रहेका आफ्ना नागरिकलाई मतदानको व्यवस्था गरेको थियो निर्वाचन पर्यवेक्षणका निम्ति १७० विदेशी पर्यवेक्षकलाई निम्त्याएको थियो । १४ वर्षशासनकालमा हुगो चाभेजको लोकप्रियता भेनेजुयलाका निम्नवर्गीय समाजमा गहिराइसम्म छाप पर्न गएको छ भने पुँजीपति, व्यापारी वर्गलगायतमा ठीक विपरित छाप रहेको छ । हुगो चाभेज शासनकालमा मुलुकले अपेक्षित विकास हासिल गर्न नसकेको, गरिबी बेरोजगार, महँगी, बद्दो मुद्रास्थिति, हत्या अपहरण, फिरौती आदिमा वृद्धि भएको अन्तर्रर्ााट्रय तथ्यांकले देखाउँछ । विश्व बजारमा पेट्रोलियम उत्पादनमा छैठौँ स्थान ओगट्दै आएको मुलुकमा धनी र गरिबीबीचको खाडलको दूरी धेरै लामो रहनुमा मुख्य कारक चाभेजको १४ वर्षो शासनकाल नै जिम्मेवार रहेको विपक्षीहरूको आरोप छ । विशेषगरी महाशक्ति राष्ट्र अमेरिकालगायत उसको र्समर्थक राष्ट्रहरूप्रति खरो रूपमा उत्रिँदै आएका हुनाले हुगो चाभेजप्रति निम्न वर्गको र्समर्थक अत्याधिक मात्रामा रहेको छ । यसैको प्रतिफल भर्खरै सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा आफ्नो उत्तराधिकारी तोकिएका राष्ट्रपति निकोलास मादुरोको पक्षमा जनमत गएको देखिन्छ । अभिमत र्सवेक्षणले पनि मादुरोको पक्षमा बहुमत देखाएको थियो । तर, बिगतको निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर विश्लेषण गर्ने हो भने मादुरोको विजयी यात्रा त्यति सहज भने देखिँदैन थियो । गत अक्टोबर ७, २०१२ मा सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा ल्याटिन अमेरिकामा विशेष प्रसिद्धि कमाएका राष्ट्रपति चाभेजले कुल खसेको मतमध्ये ५४.४२% -७४ लाख) मत हासिल गरेर चौथो कार्यकालको लागि विजयी बनेका थिए भने उनका प्रतिस्पर्धी एनरिक काप्रिलेसले कुल खसेको मतको ४४.९७% -६१ लाख ) मत आफ्नो पक्षमा हासिल गरेर पराजित बनेका थिए । विगतको मत परिणामलाई हर्ेदा चाभेज र काप्रिलेसबीचको मत संख्या केवल १० प्रतिशतको अन्तरमा रहेको थियो । निर्वाचन स्वतन्त्र, निष्पक्ष ढंगमा हुने हो भने आफ्नो विजय निश्चित रहेको काप्रिलेसले बताउँदै आएका थिए । अर्को विषय हुगो चाभेजको निधनपश्चात् भेनेजुयलाका चाभेज र्समर्थकहरूमा मनोवैज्ञानिक असर परेको आँकलन गरिएको छ किनकि चाभेजको दाँजोमा अर्को त्यस्तो व्यक्तित्व भेनेजुयलाको राजनीतिमा अहिलेसम्म देखापरेको छैन । चाभेज आफ्ना र्समर्थकका निम्ति एक विश्वासिला अभिभावक थिए । उन्रि्रति र्समर्थकहरूको अगाध स्नेह, विश्वास भरोसा रही आएको थियो, त्यसै्मध्यको एक कारण वर्तमान राष्ट्रपति निकोलास मादुरो्प्रति जनमत गएको देखिन्छ । निकोलास मदुरोको जन्म २३ नोभेम्बर १९६२ मा राजधानी काराकसमा भएको थियो । सामान्य यातायात मजदुरी गरेर श्रमिक संगठनमार्फ् आफ्नो राजनीतिक यात्रा सुरु गरेका वर्तमान राष्ट्रपति निकोलास मादुरो निवर्तमान राष्ट्रपति हुगो चाभेजका अत्यन्तै विश्वासिला पात्र मध्यमा पर्दथे, धर्ममा क्याथोलिक भए पनि उनका पर्ूव जेविश समुदायका थिए भने मादुरो श्री सत्य र्साईबाबा ट्रष्टअर्न्तर्गतको अभियानमा समेत सरिक भएका थिए । चाभेजप्रतिको बफदरिताले विदेश मन्त्री, उपराष्ट्रपति, अन्तरिम राष्ट्रपति हुँदै निर्वाचित राष्ट्रपति हुने सौभाग्य प्राप्त गरेका छन् । निवर्तमान राष्ट्रपति हुगो चाभेजले कथम्कदाचित आफ्नो स्वास्थ्यले धोखा दिएमा भावी भेनेजुयलाको राष्ट्रपति निकोलास मादुरो हुने घोषणा गरेर मादुरोको राजनीतिक कदलाई र्सवसाधारणसामु उँचो बनाएर परलोक भए । राष्ट्रपति निकोलास मादुरोले पनि इमानदारितापर्ूवक आफू चाभेजको छोराकै रूपमा चाभेजपथमा लागेर हुगो चाभेजको सपना साकार पार्ने प्रण गरेर अगाडि बढेका छन् । भेनेजुयलाको राजनीतिक भविष्य नयाँ पात्रको हातमा पुगेको छ भविष्यको यात्रा कुन ढंगले अगाडि बढ्छ, प्रतिक्षाको विषय बनेको छ । सन् २००८ मा संयुक्त समाजवादी पार्टीीथापना गरेर राजनीतिक यात्रालाई निरन्तरता दिएर अगाडि बढेका चाभेजमा अलौकिक शक्ति रहेको समेत विश्वास गरिन्छ । जसको प्रमाण सन् २००६ मा चाभेजले आफ्नो कार्यकाल बारे २०१३ को जनवरीसम्म मात्र हुने भिडियो र्सार्वजनिक गरेका थिए । वामपन्थी पृष्ठभूमिबाट विश्वव्यापी छाप बसाल्न सफल ल्याटिन अमेरिकी नेता चाभेजको अल्पायुमै भएको निधनले ल्याटिन राजनीतिमा मात्र नभएर विश्व राजनीतिमा एक कुशल राजनीतिक योद्धा गुमाउनु परेको महसुस गरेका छन् ।