मानव अधिकार, कार्टर र हाम्रो स्वाधीनता – हरि पन्थी

२०७० बैशाख ७ गते, शनिबार


भनिन्छ सारा विश्व हामी र हाम्रो देश लोकतान्त्रिक प्रकृयामा छ । हामी लोकतन्त्रको अभ्यास गरिरहेछौँ । तर, मलाई लाग्छ हामी अहिले प्रचारमा आए जस्तो सस्तो लोकतन्त्रको अभ्यास र प्रकृयामा छैनौँ । जनताले भोट दिन मात्र पाउने भएकोले व्यवस्था लोकतन्त्र हो भन्ने प्रचार गरिएको छ तर मैले बुझेको लोकतन्त्र निरपेक्ष मतदान मात्र गर्ने जनताको कामले मात्र लोकतन्त्र जनतन्त्रले पूण्ता पाउन सक्दैन । त्यो एउटा विधि र प्रकृया मात्र हो । मुख्य कुरा त लोकतन्त्र जनतन्त्रको सौर्न्दर्यताको हो जबसम्म सम्पूण् जनतले मानवता नैर्सर्गिक अधिकारहरू माथि पूण् अधिकार र नियन्त्रण प्राप्त गर्दैनन् ,जबसम्म सम्पूण् मानव जातिका अन्तर्रर्ााट्रय रूपमै लिपिबद्ध अधिकारहरू माथि समान अधिकार प्राप्त हुँदैन, तबसम्म लोकतन्त्र आमजनताले महसुस नगरुन्जेल जति फलाके पनि वास्तविक लोकतन्त्र हुन सक्दैन । यस्तै नैर्सर्गिक अधिकार /मानव अधिकारहरूमध्येको एक महत्वपर्ूण्ा विषय हो । राष्ट्रियताको अधिकार अर्थात मातृत्वको अधिकार । कुनै पनि देशका नागरिकहरूलाई आफ्नो देश र आमा समान प्रिय हुन्छन् ,आफ्नो राष्ट्रियता प्राणभन्दा पनि प्यारो हुन्छ किनकि त्यो मानवीय संवेदनासँग भावनात्मक सम्वन्ध हुन्छ । आफ्नो देशलाई माया गर्ने आफ्नो देशको स्वाधीनताको रक्षा गर्ने सबै देशका सबै नागरिकहरूको नैर्सर्गिक अधिकार हो, जुन बिना मानवले आफ्नो अस्तित्व र जीवनको र्सार्थकता माथि नै आफैँप्रति प्रश्न उठाएर ठूला-ठूला संर्घष्ाहरूमा मातृभूमिको रक्षार्थ हासी-हासी प्राण उर्त्र्सग गर्छ । यस्तो सिंगो मानव जातिको आ-आफ्नै भूमिसँग भएको भावनात्मक सम्बन्ध मानव अधिकार हो । यदि कसैले यस्तो मानवको भावनामै प्रत्यक्ष असर पर्न मातृत्वको अधिकार त्यस्तो कुनै संस्था, व्यक्ति वा देशको सरकार नै पनि लोकतान्त्रिक र मानवअधिकारवादी मान्न सकिँदैन । लोकतन्त्र विधि होइन व्यवस्था हो । व्यवस्था राजनीतिक सिद्धान्तमा आधारित हुन्छ । सिद्धान्त व्यवहारमा प्रतिपादित हुन्छ । सबै देशका सबै मानव जातिका आधारभूत अधिकार र अस्तित्वको सम्मान गर्ने व्यवस्था र सिद्धान्त लोकतन्त्र हो । मैले यी माथि यति ठूलो भूमिका किन बाँधेको हुँ भने प्रसंग हाम्रै राष्ट्रिय स्वाधीनताको हो । आज हाम्रो देशको नेपाल इतिहासकै अत्यन्तै संकटपूण् अवस्थामा गुज्रिरहेको छ । हाम्रो राष्ट्रियता स्वाधीनता इतिहासकै अत्यन्तै जटिल अबस्थामा छ । आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वाधीनता माथि आइपरेको संटकले आमदेशभक्त नेपालीहरूमा बेचैन बनाइदिएको छ । हाम्रो देश एक विश्व कै एक स्वतन्त्र र स्वाधीन पुरानो राष्ट्र हो । हामीले कहिलै भारतलगायत देशहरूल जस्तै कसैको अधिनमा बस्नु नपरेकोले कहिलै स्वतन्त्रताको लडाइँ लड्नु परेन तर पनि आफ्नो राष्ट्रिय अस्तित्व र सीमा रक्षाको लागि खुनी हिंस्रक साम्राज्यवादसँगको संर्घष्ामा ंभने पर्ुखाले धेरै रगत बगाएका छन् र देशलाई स्वतन्त्र स्वाधीन नै राखेर स्वतन्त्रताको सानसहितको नासो हामीलाई छोडेका छन् जुन हाम्रो गौरब हो । तर त्यो गौरवसँग सबै नेपालीको भावनात्मक सम्बन्ध छ । आज त्यही हाम्रो गौरव र अस्तित्व संकटमा छ । जसकारण आजआमनेपालीहरू बेचैन छौँ । हाम्रो राष्ट्रिय आत्मसम्मानमा आएको आँचले हाम्रो मानवताको अधिकार माथि आतंक फैलिएको छ । हामी आतंकित छौँ । हाम्रो शालीनतामा भड्काव पैदा भएको छ । हामी मात्र होइन केही संदिग्धहरूको कारण कैयौ देशका नागरिकहरू बेचैन छन् आतंकित छन् ।
आर्थिक रूपमा प्राविधिक रूपमा कोही ब्यक्ति वा राष्ट्र सम्पन्न र बिपन्न हुन सक्छ । तर जो जस्तोसुकै भए पनि सबैका आफ्नै अस्तित्व हुन्छन् । मानव सभ्यताको एउटा महत्वपर्ूण्ा सिद्धान्त स्वतन्त्र सहअस्तित्वको सम्मान हो । स्वतन्त्र सहअस्तित्व भएको सबै समान र सबैले सबैको बराबर अस्तित्वको सम्मान गर्न कसैले कसै अर्को स्वतन्त्रको अस्तित्व अस्वीकार गरेर कसै अर्को पक्षलाई अपमानजनक व्यवहार हर्कत गर्छ भने त्यो सिद्धान्तः मानवता बिरोधी हो, लोकतन्त्र विरोधी हो अर्थात् शालीन र सभ्य मानव समाजमा आतंक मच्चाउने शान्ति भङ्ग गर्ने त्रसित पार्ने आतंकवादी हो । मैले यति लामो भूमिका किन बाँधेको हुँ भने मैले माथि भने अमेरिका र भारतीयलगायत देशका शासक प्रशासकहरू आफू र आफ्नो व्यवस्थालाई सच्चा लोकतन्त्रिक र मानव अधिकारवादी भन्न रुचाउँछन् तर उनीहरूका हर्कतहरू ती न्यूनतम आधारभूत सिद्धान्त र र्सतहरूसँग पनि मेल खाँदैन । स्वतन्त्र सहअस्तित्वको सिद्धान्तकै आधारमै हरेक देशका बीचमा कुटनैतिक सम्बन्ध कायम रहेको हुन्छ र त्यसैको आधारमा देशहरू बीच कुटनैतिक मर्यादाहरू तय भएका हुन्छन् । त्यसैको आधारमै हरेक देशमा दूतावासहरू सहमर्यादामै रहन्छन् । तर, अहिले केही धनी र आमबिनाशकारी हतियारले सम्पन्न देशहरूले आफूभन्दा कमजोर देशहरूमा आफूलाई स्वघोषित कथित मानवअधिकार र लोकतन्त्रकै ठेकेदार सम्झेर कमजोरहरूको अस्तित्व र स्वतन्त्रता माथि धावा बोल्ने, अपमान गर्ने र नियन्त्रण प्रयासले आज विश्वका बिपन्न देशहरूमा राष्ट्रियताको अधिकार संकटमा परेको छ । सम्पन्न देशहरूको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप र नियन्त्रण प्रयासले हरेक गरिव देशका नागरिकमा राष्ट्रियत स्वाधिनताको चिन्ताले पिरोली रहेछ । हरेक देशका समाजहरू शक्ति राष्ट्रको कुटिल हस्तक्षेप र त्यसको विरुद्ध निस्कने स्वाभिमानको संर्घष्ाले आतंकित छन् । कैयौ देश कैयौ देशमा कथित लोकतन्त्रिक ठेकेदार मानव अधिकारको ठेकेदार बताउने विस्तारवाद र साम्राज्यवाद जो वास्तवमा आतंकवाद र अशान्तिको जननी हो, त्यसैको कारण अशान्ति र हिंसाहरू भइरहेका छन् । यसबाट नेपाल पनि अछुत छैन । नेपाल पनि अहिले साम्राज्यवाद र विस्तारवादको क्रीडास्थल भएको छ । कुनै पनि देशका नागरिकहरूमा आफ्नो देशको राजनीतिक व्यवस्था, राजनीतिक सत्ताको निर्ण्र्ाागर्ने र राजनीतिक सिद्धान्तअनुरूपको राज्य व्यवस्था निर्माण गर्न, संर्घष् गर्ने फरक मत राख्ने अधिकार हुन्छ र आफ्नो राज्य व्यवस्था बिरुद्ध बिप्लव गर्न स्वतन्त्र हुन्छन् । त्यसो गर्न सम्बन्धित देशका नागरिकको राष्ट्रिय आन्तरिक मामिलाहरू त्यसको अन्तिम निर्ण्र्ाागर्न सम्बन्धित देशका नागरिक, शासक-प्रशासक र दलहरू स्वतन्त्र हुन्छन्, हुनु पर्छ, सिद्धान्ततः जुन कुरालाई तिनै शक्ति सम्पन्न बिस्तारवाद साम्राज्यवादीहरू जो डेमेक्रेेसीको हिमायती भन्न रुचाउछन् ,तिनेले निर्धारण गरेको आधारभूत मान्यता हो । तर उनीहरू नै त्यो मान्यतावाट बिचलित भएर हाम्रो देशको राष्ट्रिय स्वतन्त्रता जनअधिकारमाथि चुनौती दिइरहेका छन् । भारतीय शासकहरूले नेपाली शासकहरूलाई दिने अनावश्यक निर्देशनशैलीको सुझाव र आफ्नो अनुकूललाई सत्तामा पुर्याउन गर्ने चलखेल हस्तक्षेप घुसपैठ गरेर हाम्रो लोकतन्त्र स्वतन्त्रता र मानव अधिकारको अपमान गरिरहेका छन् । सिमानामा पिल्लरहरू र्सार्ने, नदीहरूमा बाँध बाधेर नेपाली भूमि डुबाएर हजरौँलाई बर्सर्ेे घरवारबिहीन बनाउने जस्ता हर्कत गरेर आतंक सृजना गरिरहेका छन् । जुन मानवताबिरोधी कदम हो । अस्ति भर्खर नेपाल भ्रमण गर्न आएका अमेरिकी पूवराष्ट्रपति जिम्मी कार्टर जो आफूलाई मानवअधिकारको एक अभियन्ता पनि भन्ने गर्छन् तिनैले एक असम्बन्धित स्वतन्त्र देशको स्वतन्त्र राजनैतिक पार्टी नेतृत्वलाई आफूले सोचे भनेअनुसार गर्न र अन्यथा कारवाही गर्ने जस्तो आतंकवादी शैलीको धम्की दिएछन् । जुन एक स्वतन्त्र राष्ट्रका जनताको राजनीतिक अधिकारको घोर अपमान हो । जुन अपमान मानवता बिरोधी हो किनकि कुनै पनि स्वतन्त्र देशको आन्तरिक राजनीतिक समस्या समाधान गर्ने के गर्न के नगर्ने सम्बन्धित देशका जनता, सरकार र राजनीतिक दलहरूको मात्र सरोकार र चिन्ताको बिषय हो । कसैको अन्तरिक, नितान्त आन्तरिक मामिलामा अनावश्यक दख्खल दिनु पनि अपराध हो । कसैको नैर्सर्गिक र्सवमान्य स्वतन्त्रतामा हस्तक्षेप गर्ने नियन्त्रण गर्न खोज्नु मानवता बिरोधी अपाराध हो । जुन भारत र अमेरिकीहरू हाम्रोमा गरिरहेछन् । जुन कार्टरले गर्ने कुचष्टा गरे । हुन त आन्तरिक पक्ष नै प्रधान हुन्छ ,यस हिसाबले हर्ेदा हाम्रो देशको राष्ट्रियता हामी नेपालीको राजनीतिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता संकटमा पर्न जावो कार्टरजस्तो सामन्य ब्यक्तिले अमर्यादित चुनौती दिने अबस्थामा पुग्नुमा हाम्रा निरीह र अभिमानी शासक प्रशासकहरू नै मुख्य जिम्मेवार छन्, जो सधैँ बिदेशीको गुलामी गरेक जनताका अधिकार हरण गरेर जनतालाई दमन गरेर लुटी खान पल्केका छन् । जो बिदेशी नांगो हस्तक्षेप बिरुद्ध कुनै शब्द काड्ने समेत नैतिकता, आवश्यकता ठान्दैनन् बरु उल्टै स्वागत गर्छन् । तिनै अभिमानी दलालहरू मुख्य दोषी हुन् तर पनि पुनः लोकतन्त्र र मानवताको आदर्श छाँटेर हाम्रो स्वतन्त्र सहअस्तित्वलाई अपमान गर्न हाम्रो मानव अधिकारलाई अपमान गर्ने साम्राज्यवाद र बिस्तारवाद पनि मुख्य दोषी छन् । जसबिरुद्ध हाम्रो राष्ट्रिय स्वाभिमानको लडाइँ जारी छ ।

प्रतिक्रियाहरु

[anycomment]