अराजनीतिक र असंवैधानिक संयन्त्रको वार्ताको प्रलाप – हस्तबहादुर के.सी

२०७० बैशाख ७ गते, शनिबार


साम्राज्यवादीहरू र विस्तारवादीहरूको ग्रान्डडिजाइन र निर्देशनमा बनेको एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको अराजनीतिक र असंवैधानिक संयन्त्रले यतिबेला चैत्र १ गतेको असंवैधानिक तथा प्रतिगमनकारी परिघटनाका विरुद्ध सडक आन्दोलन चकाईरहेको नेकपा-माओवादी लगायत आन्दोलनरत राजनीतिक दलहरूलाई वार्तामा आउन र त्यसै संयन्त्रमा सामेल गराउने षडयन्त्रका तानावाना बुन्दै नेकपा-माओवादीका नेताहरूका घरघर चाहर्न लर्को लाग्न थालेको छ । यसै क्रममा वैशाख ५ गते संयन्त्रका संयोजक कांग्रेस सभापति सुशिल कोइरालाको टोली नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणको निवास टोखा पुगेका थिए । र संयन्त्रमा सामेल भएर कथित संविधानसभाको चुनावको वातावरण तयार गर्न सहयोगका लागि अनुरोध गरेका थिए । उनीहरूल्ो मधेसी फोरम लगायत समभागी आन्दोलन दलका नेताहरूसँग पनि वार्ता भेटघाटलाई अगाडि बढाउने र संयन्त्रणमा सामेल गर्राई छाड्ने दावा गर्दै हिडेका छन् ।
यसका पछाडि दुइवटा कारणहरू रहेका छन् । पहिलो कुरा के हो भने यसभन्दा अघि टेरपुच्छरै नलगाएका र कुनै शक्ति नै नठानेका नेकपा-माओवादी र उसका सहयोगी दलहरूले स्ांचालन गरेका सडक आन्दोलनले कठपुतली सरकारले असारको पहिलो हप्तामै चुनाव स्ाम्पन्न गर्ने बाँचाबचन गरेकोमा मंसीरमा चुनाव र्सार्न वाधा भए पछि अब माओवादीलाई सामेल नगराएसम्म चुनावै हुन सक्तैन भन्ने विश्लेषणमा पुगे पछि त्यहाँ असंवैधानिक तथा अराजनीतिक संयन्त्र र कठपुतली सरकारले आन्दोलन दलहरूलाई वार्तामा आउन आव्हान गरेका थिए । तर र्सबविदितै छ कि नेकपा-माओवादी समेतका राजनीतिक दलहरूले फागुन ३० गतेको मध्यरातमा सम्पन्न गरिएको ११ बुँदे राष्ट्रघाती जनघाति सम्झौता र चैत्र १ गतेको २५ बँुदे बाधा अड्कान फुकाउ समेतको प्रतिगमी कदमको खोजी नगरेसम्म चुनावको कुनै प्रक्रियामा प्रवेश नगर्ने उत्तरदिए पछि उनीहरू अत्तालिन पुगेका थिए र वार्तामा बोलाउन बाध्य भएका थिए ।
दोस्रो कुरा के हो भने वार्ताको आव्हान गर्नु र संयन्त्रमा सामेल हुनर्ुपर्दछ भन्नुको पछाडि आन्दोलनलाई बीचमै तुहाई दिने र माओवादीलाई एमाओवादी तथा एमाले जस्तै संसदीय पार्टी दर्जामा झारी दिएर जनताका सामु माओवादी लगायतका सडक आन्दोलन दलहरूलाई उल्ल् र वेकुफ साबित गर्राई दिने षड्यन्त्रका साथ यी कदमहरू चालिएका हुन् ।
फेरी पनि थप कुरा के हो भने यो वार्ता र संयन्त्रमा सामेल गराउने योजना पनि साम्राज्यवादी र विस्तारवादी शक्ति एवं यूरोपियन यूनियनले नै बनाएको हो । किनकि पहिले यूरोपियनका प्रतिनिधीहरू माओवादी पार्टर्ीीार्याल्य बुद्धनगर पुगेर चुनावमा भाग नलिए तपाईहरूमाथि खतरा बढ्नेछ भन्ने धम्किपर्ूण्ा भाषा बोलेका थिए । त्यस्तै अर्को पटक अमेरिका काटेर सेन्टरका अध्यक्ष जेभी काटिने माओवादी अध्यक्षा मोहन वैद्य किरणलाई उहाँकै निवासमा पुगेर चुनाव बहिस्कार गरेमा तपाईहरू प्रतिको एटिच्युट नकारात्मक बन्नेछ भन्ने अभिव्यक्ति दिएका थिए । माओवादी लगायत आन्दोलनरत दलहरूले उनीहरूका धम्की कुनै महत्व नदिएपछि अहिले उनीहरू निरास भएर वार्ता र संयन्त्रमा सामेल गराएर जनताको बीचबाट गिराउने षडयन्त्र पूण् खेलमा लागेका कुरालाई सम्प्ूण् आन्दोलनरत दलहरू र जनताले बुझ्न जरुरी भएको छ ।
क्रान्तिहरूलाई दमन गरेर वा अन्य तरिकाले परास्त गर्न नसकेपछि वार्ताद्वारा र सत्ताको प्रलोभन आदि देखाएर अर्थात् हरियो घाँस देखाएर अल्मल्याउन र आफ्नो स्वार्थपर्ूर्ति गर्ने संशोधिय राजनीतिक दलहरू र साम्राज्यवादी तथा विस्तारवादीहरूको आम चरित्र नै हो । सबै उपायहरू समाप्त भइसकेपछि यसप्रकारका उपायहरू उनीहरूले अपनाउन पुगेका हुन् । यस किसिमका षड्यन्त्र पर्ूण्ा चालबाजीहरूलाई राम्ररी बुझेर आन्दोलनरत दलहरूले होसीयारीपर्ूवक आफ्ना गतिविधीहरू र योजनाहरूलाई अगाडि बढाउन जरुरी हुन्छ । अब यी दलहरूका सामू चैत्र १ गतेको प्रतिगमनकारी कदमलाई पूण् रूपमा निषेध गरेर गोलमेच सभाद्वारा राजनैतिक सहमती कायम गरी संयूक्त राष्ट्रिय सरकार निर्माण गरेर मूलुकको अग्रगामी निकास दिनुको विकल्प छैन ।
विगतका आन्दोलनको नेतृत्व गरेका राजनैतिक दलहरूले बेइमानी गरेर लक्ष्यमा नपुग्दै जनतालाई धोका दिँदै आएकाले नेपाली जनताले आफ्नो लक्ष्य प्राप्त गर्न सकिरहेका छैनन् । अहिले संचालन गरिएको प्रतिगमनकारी आन्दोलनलाई निर्ण्ाायक निष्कर्शमा पुर्याउने कार्यमा आन्दोलनरत दलहरूप्रति जनताले शंकाको दृष्टिले हेरिरहेका छन् । यस विश्वास प्राप्त गर्न एकमात्र उपया भनेको इमान्दारीपूवक लक्ष्यमा पुर्याउनु हो । यसबाट के स्पष्ट हुन्छ भने अहिले सडक आन्दोलनको नेतृत्व गरिरहेको नेकपा-माओवादी लगायतका आन्दोलनरत दलहरूका सामू गम्भीर प्रकारको चुनौति खडा भएको छ । यस चुनौतिलाई पनि सामाना गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रियाहरु

[anycomment]