मुलुकको राजनीतिक अवस्था र नेताहरुको क्रियाकलाप – छत्र मैनाली
हाम्रो देश १०० मा ९० जत्ति गरिब छन्, कुटी कोदालो गरेर गाउँमा बस्छन्, जसलाई खान लाउन पुगेको छैन । नेपाल भनेकै तिनै १०० मा नब्बे मानिस हुन् । जब म नेपालको कल्पना गर्दछु, त्यसबेला तिनै गरिब दाजुभाइहरुको तस्बिर मेरो अगाडि आउँछ । मैला लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्बिर, अनि मलाई लाग्दछ यी रोगी खान नपाएको अनुहार पो हाम्रो देश हो । त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस, हास्न नपाएको ओठमा हासो आओस्, रोगीले औषधि मुलो पाओस, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौँ, मन्त्री हौंला, ठुलाठुला कर्र्सर् जाउँला भनेर राजनीतिमा लागेका होइनौँ । के नेपाल भनेको यहाँका ५ वटा सहर हो – कि नेपाल भनेको गाउँ हो – हामीले विकासका कुरा गर्दा विकासले ग्रामीण परिवारलाई के गर्यो – भन्ने प्रश्नको जवाफ दिन सक्नर्पर्छ, यदि ठूला सडक बन्छ भने मोटर गाडी जोसित छ ,उसले उपयोग गर्छ, जेट प्लेन गाउँलेले चड्दैन, बिजुली प्रयोग गर्दैन । त्यस कारण मैले प्रधानमन्त्री हुँदा योजना आयोगको मिटिङमा भनेको थिएँ- तपाईंहरु भित्तामा राजाको तस्बिर राख्नुहोस् र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस् । यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ – म आज पनि त्यही प्रश्न सोध्छु, यो माथिको भनाइ महामानव स्वर्गीय बि.पी. कोइरालाको हो । तत्कालीन परिवेशमा बाटो घाटो, बिजुली बत्ति आदि भौतिक पूवाधारको पर्याप्त विकास नभएको अवस्थामा सोचिएको विचार र २१ औँ शताब्दीको चमत्कारिक बिज्ञान र प्रविधिको विकासको उपज नयाँ-नयाँ सीप, नयाँ-नयाँ प्रविधिको पथमा विश्वका धेरै मुलुक द्रूततर गतिमा दौडिरहेको सर्न्दर्भ जोडेर हेदा हामी भने बि.पी. कोइरालाले सोचे जस्तो समयकै सेरोफेरोमा रुमल्लि रहेका छौँ । अझै पनि मुलुकमा राजनीतिक अन्यौलताको बादल हट्न सकेको छैन, जसको कारण हाम्रो समाज दिनप्रतिदिन पछाडि पर्दै गएको छ । मुलुकलाई समृद्ध पार्नको निम्ति सबैभन्दा पहिला आर्थिक क्षेत्रलाई प्राथमिकतामा राखेर अन्य योजना तर्जुमा गर्नुपर्ने ठाउँमा त्यसो हुन सकिरहेको छैन । मुलुकले अङ्गकिार गरेको विकास निर्माणको सिद्धान्तले विकासको सट्टा विनाश निम्त्याउँदै छ । हरियो बन नेपालको धन भनेर धेरै पहिलादेखि सुन्दै र पढ्दै आएका छौँ । हाम्रो बन जंगलमा अत्यन्त गुणस्तरयुक्त अमूल्य काठपात रहेको पाइन्छ । तर ती काठपातको समयमै सही सदुपयोग नभएर सडेर गएका छन् । त्यो नोक्सान राष्ट्रको हो । यस्ता अमूल्य काठपात कुहिएर नासिँदै छ भने विदेशबाट प्लास्टिकलगायत अन्य कच्चा पदार्थबाट निर्मित फर्निचरलगायतका सामान आयात गरेर हरियो बनको धन फटाफट बिदेशिएको छ । के राज्यले यस्ता सम्भावित क्षेत्रको बिकाश गर्न सक्दैन – यो लेख लेखिरहँदा बिगतमा यो पंक्तिकार मध्यपर्व एसियाली मुलुक कतारमा रोजगारीको सिलसिलामा रहँदा छिमेकी मुलुक भारतका एकजना चाचाजीसँग भएको संबाद उहाँकै भाषामा जस्ताको तस्तै राख्ने अनुमति लिन्छु । उहाँको उमेर करिब ६० बर्षत्तिको हुनु पर्दछ । उहाँ पेशाले रेस्टुरेन्ट चलाउनु हुन्थ्यो । दोहा एरपोर्टको ठिक सामुन्ने पश्चिम दिशामा, जहाँ कतार ऐरवेयजको हेड अफिसको लाइनमा पर्दछ । हामी प्रायः उहाँकै रेस्टुरेन्टमा जाने गर्दथ्यौँ । उहा निक्कै मिजासिलो स्वभावको हुनाले हामी खुलेर हासी मजाक गर्दथ्यौँ । एक दिन कुरै कुराको सिलसिलामा चाचाजी गम्भीर भएर प्रस्तुत हुनु भो -देखो भई तुम नेपाली लोग पैसा मिलेगा तो महँगे घडी, महँगे चेश्मा, महँगे मोबाइल सेट, महँगे कमेरा खरिद करके पैसेको सत्यानाश करते हो, कोही नेपाली भाइ लोंग ट्वाइलेट साफ कर्ने लुमा नामका बिष पिता हे, लेकिन हम मालावारी लोंग पैसा मिलेगा तो कहाँ अच्छे जमिन है, कहाँ अछे जगह है व्यापार करनेके लिए, लडका लड्किको अच्छे स्कुल कलेजको धुंड ते है देखा तुम लोग और हमारामे कितना फरक हे – – चाचाजीले भनेका कुरा सबै वास्तविक थिए । हामीले हो भन्दै सहमत जनायौँ । वास्तवमा अपवादबाहेक हामीमा फजुल खर्च गर्ने बानी परिसकेको यथार्थ सत्य हो । शुक्रबारको छुट्टीमा दोहामा जम्मा हुने हामी नेपाली दाजुभाइको गतिविधि हर्र्ने हो भने चाचाजी यो बिषयमा १०० प्रतिशत सत्य ठहरिनेछन् । महँगा घडी, क्यामेरा, जुत्तादेखि अन्य बिलाशीताको समान प्रायः हरेकको हात हातमा देख्न सकिन्छ । भौतिक साधन प्रयोग गर्न हुन्न भन्ने मेरो मान्यता होइन । प्रयोग गर्नर्पर्दछ । आफ्नो गच्छेअनुसार मात्र । अरुको देखासिकी गरेर होइन मुलुक नै परनिर्भतामा चल्नुको कारण पनि हो । फजुल खर्च बिधि हुनुमा, यो सम्पूण् सामाजिक जीवनमा हुने गतिविधिको जिम्मेवार राज्य हो राज्यले त्यस्तो चेतनाको स्तरमा बिकाश गर्न सकेको छैन, भएका मौलिक सम्पदा समेत नष्ट गरेर इतिहास मेट्नेतर्फउन्मुख छन् । यसले मुलुकको दीघकालिन हित गर्दैन भन्नेमा किन सद्बुद्धि फिरेन । देश बिकाशको आधार २०४६ सालको परिवर्तनलाई मान्ने हो भने मुलुकमा अराजकताबाहेक केही देखिँदैन । अपबादमा त्यस्ता राम्रा काम पनि भएका छन् । जसको स्मरण गर्नलायक छ जस्तै शिक्षा, संचार आदि, तर मुलुकलाई सही दिशामा हाँक्न सक्ने सारथीको अभावमा उत्कृष्ट मानिएको प्रजातान्त्रिक व्यवस्थाले समेत अवसान व्यहोर्नु पर्यो । तैपनि कुनै न कुनै नाम दिएर नयाँ-नयाँ सिद्धान्तको प्रयोग हुन छाडेको छैन । मुलुकमा धेरै प्रकारका सिद्धान्त प्रयोग गरिँदैछ परिणाम सन्तोषजनक छैन । कुनै एक नेतृत्वले एक कार्यकाल पूरा गर्न नसक्नु, राजनीतिक सहमति कायम हुन नसक्नु, खोक्रो आदर्शको सपना बाँडेर भए पनि राजनीतिक खेतीपाती मौलाइरहेको छ । १० बर्षा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउनेदेखि १० बर्षा नेपाल एसिया मै धनी हुने अपरिपक्व भनाइ सुनिदै छ । सबैको दृढइच्छा शक्ति हुने हो, सबैको आवाजलाई समेटेर लान सक्ने राजनेता पैदा भए ढिलोचाडो सम्भव छ । नेपालको नदीनाला जत्ति बिदेशी प्रभुको पाउमा चढाएर आउने ,प्राकृतिक स्रोतमा नेपाली जनताको हकअधिकार क्रमशः छिन्दै लाने, बिदेशी प्रभुको निर्देशनमा मुलुकको बिकाशपथ अबरुद्ध गरेर राष्ट्रघात भएको तर्फसचेत नागरिकले विवेक नगुमाई मूल्यांकन गर्ने समय र्घर्किंदै छ । राजनीतिक अवस्था र दलका नेताहरुको क्रियाकलापले मुलुकमा अझै अन्यौलता छाउने निश्चित छ । देश र जनताको लागि भनेर गरिने राजनीति अन्ततः व्यक्तिगत, दलगत स्वार्थबाहेक राष्ट्रिय स्वार्थलाई आत्मसात गर्नबाट पछि हट्दै आएका छन् । जसरी हुन्छ आफ्नो अभीष्ट पूरा गर्न पाए त्यो नै र्सवबिजय, त्यो नै देश र जनताको लागि गरेको ठान्नेहरुले झुठको राजनीति गरेर देश र जनतालाई धोखा दिँदैछन् । यो देश र जनताप्रतिको घोर अपमान हो । सायद इतिहासको कुनै कालखण्डमा भावी पिँढीले यसको उचित हिसाब-किताब त खोज्लान नै । त्यतिबेलासम्म समयले नेटो काटी सकेको अवस्था हुनेछ । इतिहासको हरेक कालखण्डमा नेपाल र नेपाली जनताको भबिष्य माथि खेलवाड हुँदै आएको छ । र्सवहारा बर्गको हित र उत्थान गर्नेछौं भनेर लागेको एकीकृत नेकपा माओबादी पार्टीलई नेपाली जनताले बिश्वास गरेर एक नम्बर राजनीतिक दलको दर्जामा पुर्याएको धेरै समय भएको छैन । खान नपाएका पेटमा अन्न जाओस्, हास्न नपाएकाको ओठमा हासो आओस भने जस्तै गरिब, र्सवहारा, दलित, पिछडिएका बर्गरुको उत्थान हुन्छ भन्ने विश्वासका साथ अभिमत दिँदाको परिणाम आफ्नो घुँडामा बन्चरो प्रहार भएजस्तो हुन पुगेको छ । निश्चित वर्गबिशेषको उत्थानबाहेक गरिब, निमुखा जनताको पीडा जहाँको त्यहीँ असरल्ल छरिएर रहेका छन् । ती छरिएर रहेका पीडा माथि राजनीतिको नाङ्गो नाच देख्न थालिँदै छ । नवगठित नेकपा-माओबादी पार्टी बिगतमा सरकारी स्वामित्वमा रहेका बाँसबारी छाला जुत्ता कारखाना, भृकुटी कागज उद्योगलगायतका संघसंस्थान, धरायशी बनाउने तत्कालिन जिम्मेवार तहमा रहेकाहरुको नामावली र्सार्वजनिक गर्न, साथै एकीकृत नेकपा माओबादी पार्टीीभत्रका नवधनाढ्यहरुको समेत नामावली र्सार्वजनिक गर्ने घोषणा गरेकोमा यो पंक्तिकारले उक्त कदमको जोडदार स्वागत गरेको थियो । तर समयको गति संगसंगै त्यो बिषयउपर सुन्न छाडिएको छ । नेकपा माओवादी पार्टरी खुट्टा कमाएर बीचमा त्यतिकै नछाडोस् भन्ने शुभकामान थियो । तमाम न्यायप्रेमी जनताको तर्फाट, तर पार्टर हालका दिनहरुमा यो बिषयमा कहीँ कतै उठान गरेको देखिँदैन । यो बिषयलाई आमजनता माझ लगेर पर्ूण्ाता दिनै पर्दछ । राम्रो कामको लागि जनताले अबश्य साथ दिनेनै छन् । बिगतमा पटक-पटक यो बिषय उठान हुने गरेको र्सवविदित छ । तर यो बिषयले कहिल्यै पूण्ाता पाउन नसकेर बेवारिसे अवस्थामा रहन पुगेको थियो । यो बिषयले र्सार्थकता पाउनै पर्दछ । केवल राजनीतिक सस्तो लोकप्रियताको नारा नबनोस् । जनताको जनजीविका, राष्ट्रिय स्वाधिनताको मर्म र भावना अनुसार यस्ता बिकृति विसंगतिको भण्डाफोर गर्नै पर्दछ । तब मात्र समृद्ध नेपालको परिकल्पनाले साकार रुप लेला ।